मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टी म्याग्दीमा पहिलो पार्टी हुने दावी गरेको छ । राप्रपा म्याग्दीको जिल्ला कार्यसमिति बैठक पछि आयोजना गरिएको पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्व राज्य मन्त्री जगतप्रसाद गौचनले राप्रपा म्याग्दीमा पहिलो शक्ति हुने दावी गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका गौचनले भन्नुभयो–‘म्याग्दीमा पहिलो राप्रपा, दोश्रोमा एमाले र तेश्रो शक्तिका रुपमा यो पटक नेपाली कांग्रेस रहने छ ।’देशको आवश्यकतासंवैधानिक राजतन्त्र भएकोले संवैधानिक राजतन्त्र सहितको मुलुक बनाएर दिगो विकास र स्थायीत्वका लागि राप्रपाको जितको बिकल्प नरहेको पूर्व सहायक मन्त्री भीमप्रसाद गौचनले बताउनुभयो ।

विगतमा राप्रपाले म्याग्दीमा नेतृत्व गर्दा जिल्लाका अधिकांश विद्यालय, झोलुङ्गे पुल गोरेटो बाटो, खानेपानी जस्ता जनताको आवश्यकताका विकास भएकोले अब पनि देश विकासका लागि राप्रपाले जित्नुको विकल्प नरहेको गौचनको भनाई थियो ।

उहाँले आफ्नो पालामा बनेका विकास निर्माणलाई देखाएर अझै अन्य दलले भोट माग्ने गरेको बताउँदै राप्रपा बाहेक अन्य शक्तीहरुको बिकल्प मतदाताले खोज्नुपर्ने बताउनुभयो । राप्रपाका केन्द्रीय सदस्यहरु, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रतिनिधिसभा उम्मेदवार तथा प्रदेशसभा उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply