उच्च शिक्षा अध्ययनका लागि तीनमहिना अघि अस्ट्रेलियाको सिड्नी पुगेका एक म्याग्देली यूवाको मृत्यु भएपछि शब नेपाल फिर्ता पठाउन आर्थिक संकलन अभियान सुरु गरिएको छ । नियमित पढाई, कामको तनावको चरम मानसिक तनाबमा पुगेपछि म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरका २४ बर्षीय नारायण सुवेदीले आत्महत्या गरेका थिए ।

आफुँ बस्ने अर्पाटमेन्टको १२ आँै तलाबाट हामफालेर आत्महत्या गरेका २४ बर्षीय सुवेदीको शब ब्यवस्थापनका लागि रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अगुवाईमा आर्थिक अभियान सुरु गरेको हो ।

शब व्यवस्थापन र नेपाल फिर्ताका लागि निकै आर्थिक ब्यवस्थापन आवश्यक पर्ने भएपछि मोनामार्फत अभियान सञ्चालन गरिएको सचिब एवम् सहयोग समितिका सचिव दिनेश खत्रीले बताए । उच्च शिक्षाकै लागि ठूलो आर्थिक ब्यवस्थापन गरेको परिवारले शब नेपाल ल्याउन आवश्यक खर्च जुटाउन समस्या भएपछि मोनामार्फत अभियान सुरु गरिएको सचिव खत्रीको भनाई छ ।

शब व्यवस्थापन र नेपाल फिर्ताका लागि १६ हजार अस्ट्रेलियन डलर भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । एमबिए अध्ययनका लागि तीनमहिनाअघि मात्रै सिड्नी पुगेका सुवेदी चरम मानसिक तनाबमा थिए । उनले उच्च शिक्षा सरह कामका बारेमा साथीभाईसँग गुनासो समेत गर्ने गरेका थिए ।

सिड्नीस्थित स्टाटफिल्डमा आफन्तजनसँगै बस्दै आएका सुवेदीको शब ब्यवस्थापनका लागि म्याग्देलीसँगै नेपाली साथीभाई र आफन्तजनबाट सहयोग प्राप्त भइरहेको मोना अस्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले बताए । सहयोग समितिमा समितिको सदस्यहरुमा, मोना अस्ट्रेलियाका प्रवक्ता श्रेष्ठ, कोषाध्यक्ष सुमन बानियाँ र परिवारका प्रतिनिधीहरु रहेका छन् । मोना अस्ट्रेलियाले त्यहाँ रहेका म्याग्देलीको हितमा धेरै मानवीय तथा सामाजिक कार्य गदैं आइरहेको छ ।

Leave a Reply