सबै किसिमका कार्यक्रम आयोजना आयोजकले गर्दछ । त्यसलाई बलियो र सफल बनाउन सहआयोजक, विशेष सहयोगी, सहयोगी, विभिन्न प्रायोजक, सह प्रायोजकको जरुरी पनी उति नै पर्दछ । यतिले मात्र कार्यक्रम सम्पन्न हुँदैन । कार्यक्रमका प्रकृति हेरेर मिडिया सहयोगीको पनी उत्तिकै जरुरी पर्छ जति आयोजकको पर्दछ ।

पछिल्लो समय विभिन्न क्लब, टोल, समिति र सङ्घ संस्थाले विभिन्न शीर्षकमा विविध कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।व्यावसायिक कार्यक्रमलाई सफल बनाउन र नाफा निकाल्न धेरै तवरबाट सहयोगीको आवश्यकता पर्दछ ।  विशेष त पैसाको सहयोग नै प्रधान हो ।

सहयोग आवश्यकता नपर्ने कुनै कार्यक्रम हुदैनन तर विभिन्न सङ्घ सङ्गठनका वार्षिकोत्सव, अधिवेशन आफ्नै खर्चले सम्पन्न गर्ने ल्याकत बनाइनु पर्दछ यति पनी गर्न नसक्ने कार्यसमिति निरिही र असफल भन्दा अत्युक्ति हुँदैन ।

ब्यबसायिक कार्यक्रम हो भने आयोजकले मूल लगानी गरेको हुन्छ र पनी उसले विभिन्न शीर्षकमा सहयोगी राखेको हुन्छ । सहयोगीको खास काम भनेको त्यो कार्यक्रमलाई पूर्ण सफल बनाउन आफ्नो स्थानबाट हरतरहका सहयोग गर्नु नै हो ।

धेरै जसो अवस्थामा तोकिएको रकम तिरेर प्रायोजक, सह-प्रायोजक तथा विभिन्न शीर्षकका सहयोगी बनेर कार्यक्रमको ब्यानर तथा प्रचार प्रसारमा तत् संस्थाको लोगो, तस्बिर तथा पहिचान खुल्ने सामाग्री राखेर ब्यानर पर्चा पम्पेलेट प्रकाशन गरिएको हुन्छ । स्पोन्सर गर्नेहरूले तोकिएको रकम तिर्छन् सकिन्छ ।

तर सह आयोजक, विशेष सहयोगी संस्थाहरूले कार्यक्रमको प्रचार प्रसार टिकट बिक्री या स-सर्त टिकट बेचेर सहयोग गरेको पाइन्छ प्रचलन पनी यही छ ।

कार्यक्रम नाफामै गयो भने यी सह आयोजक लगायतले केही पाउदैनन बाहेक सम्मान पत्र या धन्यवाद । कथम् कदाचित कार्यक्रम घाटामा गयो भने स्पोन्सर बाहेकका अन्य सह आयोजक तथा सहयोगीहरूले त्यो कार्यक्रमको नोक्सानीको हिस्सा बेहोर्नु पर्ने हो तर हामीकहाँ त्यसो कदापि गरिन्न ।

सहयोगीमा नाम आओस्, सम्बन्ध अगाडी बढोस् यति भावनाले बसेका सहयोगी संस्थाहरू र ब्यानरमा फोटो टॉसेकाहरुले आफ्नो पूर्ण कर्तव्य वास्तवमै कतै निभाएको पाइँदैन । सामाजिक संस्थामा यो रोग झन् विकराल छ ।

संस्थाको लोगो ब्यानरमा राखेर २/४ वटा टिकट बढी बिकाउने झिनो लोभमा सहयोगी संस्था, सह-आयोजक शब्दकै बलात्कार भई रहेको छ । हामीले अब व्यवहारिक रूपमै के बुझ्नु आवश्यक छ भने कार्यक्रमको प्रकृति, उद्देश्य र कुल लगानी कति हो ? कति प्रतिशत सह-आयोजकले त्यो कार्यक्रममा लगानी गर्ने हो ? कति % सहयोगी या विशेष सहयोगी या यस्तै प्रकृतिका अन्य सहकार्य गरेकाहरूले लगानी गर्नु पर्ने हो ?

कार्यक्रम नाफामा गए के कति प्रतिशत पाउने/नपाउने हो ? नोक्सान भए कति प्रतिशत बेहोर्नु पर्ने हो ? नाफा नपाउने भए लगानी किन गर्ने ? किन बन्ने सहयोगी संस्था किन बन्ने सहआयोजक लगायत ? कि हामी आफ्ना संस्थाको महँगो प्रचार गराउन सजिलो बाटो समात्दै छौ ? कि सहयोगी संस्थाको तर्फबाट आसन ग्रहण गर्दै खादा लगाउन सहकार्य गर्दै छौ ? कि हामी सम्मानकै लागी सहकार्य गरेका छौ ? कतै अहिले गरौँ हामीले पनी कार्यक्रम गर्दा यिनरले टिकट बेचीदिन्छन भनेर लोभी पर्मको लालचमा पर्दै छौ ? गम्भीर भएर समीक्षा गरौँ र सहकार्यको वास्तविकता नमारौँ ।

हामीकहाँ सबै कार्यक्रमको प्रमुख तर धेरैको नजर नपरेको पाटो हो मिडिया ! मिडियामा प्रचार प्रसार चाहिन्छ समाचार चाहिन्छ तर पत्रकारको उपेक्षा एक पोटामा छदै छ मेहनतको कदरको पाटो अर्को छ ।

यहाँ आयोजकको खेदो खन्न लागिएको हैन पत्रकार र सम्मानित सञ्चार जगतको अपमान गर्न खोजेको हैन । हामी कहाँ मिडिया पार्टनर बनेर ब्यानरमा आफ्नो मिडिया हाउसको लोगो टास्नेहरुको अवस्था प्रति लक्षित मात्र हो । मिडिया पार्टनर बनिसकेपछि त्यो कार्यक्रमको बारेमा हरेक जानकारी पाठक समक्ष सम्प्रेषण गर्नु पर्ने हुन्छ ।

ब्रेकिङ न्युज दिनु पर्ने हुन्छ ।कार्यक्रम स्थलका हरेक जानकारी आफ्नो सञ्चार मार्फत सम्प्रेषण गर्नु पर्दछ तर कार्यक्रमको तयारी पुरा भयो र सम्पन्न भयो सम्मकै समाचार प्रेषित गर्न सहयोगी मिडियाहरू चुकी रहेका छन् ।

मिडिया सहयोगी बन्दा पनी अलिकति जिम्मेवारी र ब्यवसायिकतालाई आयोजक र पत्रकार मित्रहरूले ध्यान दिन जरुरी छ । सञ्चार बिनाको जीवन कसैले कल्पना गर्न सकिँदैन भने पत्रकारले आफ्नो दायित्व बिर्सन र आयोजकले पनी कलमले मसी बिना लेख्दैन भन्न भुल्नु हुँदैन । यो लेखक निजी बिचार हो ।

Leave a Reply