म्याग्दीको बेनीनगरपालिका वडा नं २ ज्यामरुककोटको ऐतिहासिक खड्गभवानी कोत परिसरमा ६ सय वर्ष पुराना ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै पर्यटकीय गन्तव्य स्थल बनाउनका लागि भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

थापा र मल्लकालीन विरासत बोकेको ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वयुक्त खड्भवानी कोत परिसरका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै पर्यटकीय स्थल बनाउनका लागि पूर्वाधार निर्माण थालिएको हो । समुद्री सतहदेखि १ हजार ६४८ मिटर उचाइमा रहेको खड्गभवानी कोत करिब ६०० वर्ष पुरानो इतिहासको आँखी झ्यालमानिन्छ ।

ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वको वारेमाजानकारी लिन र आवश्यकपूर्वाधारका लागि सहयोग गर्ने उद्धेश्यले म्याग्देली प्रवासी संघ (मोना)हङकङको एक ज्यामरुककोटका जनप्रतिनिधि र खड्गभवानी कोत तथागुठीव्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

१५ औं शताब्दीमाप्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिकपर्यटकीयस्थल बनाउने उद्धेश्यले बेनीनगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रतादिएको बेनीनगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

विक्रम सम्वत् १२४६ देखि १५४५ सम्मथापाहरूले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइआएको राज्य छोडेर मल्ल राजाहरूकामन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ।
४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीनइतिहास, तोप, खुँडा र तरबार लगायतका हातहतियार, प्राचीनशिला र इँटा, खजा नालुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् ।

पुरातात्विक र ऐतिहासिकमहत्वको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायतकादर्जनौ हिमाल, सदरमुकाम बेनीबजार, पञ्चकोट र दर्जनौं ग्रामिण बस्ती देख्न सकिने व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो । पूर्वाधार र प्रचारप्रसार अभावमाओझेलमा रहेको ऐतिहासिक स्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियताप्रशंसनीय रहेको मोना हङकङका निवर्तमान अध्यक्ष इन्द्र एलजी थापा मगरले बताउनुभयो ।।

पुरातात्विक सम्पदाहरुको संरक्षण सहितधार्मिक पर्यटकीयस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयवासीले सक्रियता देखाउनसके यो क्षेत्र पूरातात्विकमहत्व सहितको रमणीय पर्यटकीय स्थलबन्न सक्ने नेपाल प्रेस युनियनका केन्द्रिय सदस्यतथा खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका सल्लाहाकार धु्रवसागर शर्माको भनाइ थियो ।

Leave a Reply