आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि नेकपा एमाले म्याग्दीले घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ । आइतवार उम्मेदवारहरु सहितको टोलीले जिल्लाको मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँहरुमा घरदैलो गरि मतदाता भेटघाट गरेको छ ।  नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ सहितको टोलीले मालिका गाउँपालिका ६ दिच्याम र दुखुमा घरदैलो गरि मतदातासंग भेटघाट गरेको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (ंक) का उम्मेदवार देवेन्द्र कटुवाल सहितको टोलीले अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी, नारच्याङ लगायतको ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र (ंख) का उम्मेदवार याम बहादुर गर्वुजाको टोलीले धवलागिरि गाउँपालिका –२ लुलाङमा घरदैलो गरि भोट मागिएको नेकपा एमाले प्रचार विभागले जनाएको छ ।

मालिकाको दिच्याम र दुखुमा घरदैलो गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै आगामी मंसिर ४ मा सूर्य चिन्हमा मतदान गरि विजयी गराउन अनुरोध गर्नुभएको थियो ।

Leave a Reply