म्याग्दीको एक विद्यालयभित्र अरिङ्गालले पोलो बनाएपछि एकदिन विद्यालय बन्द गरिएको छ । अरिङगालको पोलोले विद्यार्थी, शिक्षकलाई टोक्ने जोखिमले बेनी नगरपालिका वडा नं ५ स्थित अवयचौरको बरनाथ आधारभुत विद्यालयको पठनपाठन बन्द गरी गोला हटाउन लागिएको वडा अध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।

दशैंतिहारको समय विद्यालय प्राङ्गनभित्र पोला देखिएपछि विद्यार्थी त्रसित भएको शिक्षकको भनाई छ । विद्यालयको भवनमा प्रत्यक्ष देखिने अरिङ्गालले विद्यार्थीलाई धेरै जोखिम भएपछि हटाएर मंगलबारदेखि सुचारु गरिने विद्यालयले जनाएको छ । जिल्लाभर हजादेखि दशैंतिहारपछि आजदेखि नियपमत पठनपाठन सुरु भएको छ ।

Leave a Reply