????????????????????????????????????

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् ।

????????????????????????????????????

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा (माओवादी केन्न्द्रका हरि भण्डारीको टोलीले रघुगंगा– ३, को दुलेपानी, मालिका, अक्षेता, कलेजाबाङ, फुलवारी र मौवाफाँटमा घरदैलो मार्फत मतदाता भेटघाट गर्नुभएको हो ।

????????????????????????????????????

मतदातासंगको छलफलको क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गर्वुजाले एकपटक गठबन्धनका उम्मेदवारलाई विजय बनाएर पाँचबर्ष भित्र म्याग्दी जिल्लामा विकास निर्माणको क्षेत्रमा छिमेकी जिल्लासँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने अवसर दिन मतदातालाई अपिल गर्नुभएको थियो ।

????????????????????????????????????

म्याग्दीबाट निरन्तर रुपमा नेकपा एमालेले नेतृत्व गरिरहँदा छिमेकी जिल्लाहरुको तुलनामा म्याग्दीका विकास नगन्य रहेको बताउँदै उहाँले आगामी प्रदेश र संघीय सरकार समेत गठबन्धनकै बन्ने भएकाले यस पटक गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुपर्ने उहाँको भनाई थियो ।

????????????????????????????????????

कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीले परिवर्तित अवस्था र चुनौतिपूर्ण विकासको गतिलाई अघि बढाउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशसभामा जनताको पक्षमा नीति निर्माणसंगै जिल्लामा विकास योजना भित्र्याउन आफुले हस्तक्षपकारी भूमिका खेल्ने बताउँदै निर्बाचनमा बाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न अपिल गर्नुभयो ।

????????????????????????????????????

‘‘भौतिक पूर्वाधारको विकास संगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको अवस्थामा सुधार र परिवर्तन ल्याउँदै आम नागरिकको दैनिकिमा सकरात्मक प्रभाब ल्याउनु हाम्रो प्रमुख उदेश्य हो, युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनेर स्वरोजगार बनाउने कार्यमा मेरो विषेश भुमिका रहन्छ’’–भण्डारीले भन्नुभयो । उहाँले जनताको दुखसुखमा सेवक र साथि बनेर उभिने बताउँदै म्याग्दीको विकासलाई यथास्थितिबाट गतिशिल र जनताले अनुभुति गर्ने गरि अघि बढाउन भूमिका खेल्ने बताउनुभयो ।

????????????????????????????????????

उम्मेदवारहरुको टोलीले स्थानीयबासीको समस्या, गुनासा र सुझाबहरु समेत संकलन गर्नुभएको थियो । टोलीमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शिब केसी, जिल्ला सदस्य सम्झना परियार, वडा कमिटी सभापति अशोक शाही, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य रिम कटुवाल, चिना हमाल, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रेशम कटुवाल, नेविसंघ जिल्ला सभापति निर्मल खत्री लगायतको सहभागीता रहेको थियो ।

????????????????????????????????????

Leave a Reply