नेकपा माओवादी केन्द्र गूर्जाका स्थानीय नेता, कार्यकर्ता आज (सोमबार) नेकपा एमालेमा प्रवेश गरेका छन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–१, गूर्जामा आयोजित एमालेको चुनावलक्ष्ािँत कार्यक्रमको अवसरमा उनीहरु माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।  प्रवेश गर्नेहरुमा माओवादी केन्द्र गूर्जाका प्रेम छन्त्याल, गोर्खा छन्त्याल र तारामान विक रहेको नेकपा एमाले प्रदेश सभा (ख) निर्वाचन परिचालन समन्वय कमिटीका सचिव प्रगति कार्कीले बताउनुभयो ।

उहाँहरुलाई एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजा, धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल, निर्वाचन परिचालन समन्वय कमिटी सचिव कार्कीसहित एमालेका स्थानीय नेताहरुले पार्टीमा स्वागत गर्नुभएको थियो । एमाले प्रवेश गर्नुभएका विक यसअघि माओवादी केन्द्रबाट गूर्जाको वडा सदस्यमा निर्वाचित निवर्तमान वडा सदस्य समेत रहेको एमाले म्याग्दीका जिल्ला सदस्य तथा समन्वय कमिटी सचिव कार्कीले बताउनुभयो ।

नजिकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्वसन्ध्याको अवसर पारेर गूर्जामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको अवसरमा माओवादीका स्थानीय नेता, कार्यकर्तालाई एमालेमा प्रवेश गराइएको हो । कार्यक्रमको अवसरमा उम्मेदवार गर्बुजासहितको टोलीले गूर्जा गाउँमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको आयोजना गरी एमाले उम्मेदवार र एमालेको पक्षमा भोट मागेको जनाएको छ ।

कार्यक्रममा एमाले उम्मेदवार गर्बुजाले आफू विगतदेखि नै निरन्तर रुपमा राजनीतिमा क्रियाशील रही अहिले चुनावी मैदानमा होमिएको बताउँदै स्थानीय स्रोतसाधनको परिचालनसहित जिल्लाको विकास गर्न एमाले पार्टीको सूर्य चिह्नमा मतदान गर्न अपिल गनुभयो ।

उक्त घरदैलो तथा मतदाता भेटघाटको क्रममा एमाले धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष छन्त्यालले आफू यसअघि पालिकाको उपाध्यक्ष हुँदा पालिकाभित्र विकास निर्माणसहित समग्र क्षेत्रको विकासमा जोड दिइएको बताउँदै आसन्न निर्वाचनमा एमाले र एमालेका उम्मेदवारलाई आफ्नो अमूल्य भोट दिएर जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा एमाले गूर्जाका वडा कमिटी अध्यक्ष यामबहादुर छन्त्यालसहित स्थानीय नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply