मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेशनले आफ्ना उम्मेदवारलाई भोट माग्दै घरदैलो अभियानमा जुटेको छ ।

आफ्नो अस्तित्व स्थापित गर्न सबै एकजुट भएर मंगोलको अभियानमा सहभागी हुन र वर्णभेदी नितिलाई सच्चाउन समेत मतदान गर्न मतदातालाई अपिल रिएको प्रतिनिधिसभाका उम्मेदवार ओमराज मगरले बताउनुभयो ।उहाँले घरदैलो अभियानमा आफ्नो पार्टीका विचारलाई समर्थन गर्नेहरुको संख्या बढ्दै गएको बताउनुभयो ।

सांस्कृतिक कार्यक्रमे सहित विभिन्न माध्यमबाट मत मागेको मंगोलको चुनावी अभियानबाट आफ्नो पार्टीका एजेण्डाहरु स्थापित हुदै गएको प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार एवम् जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो। मंगोलले जिल्लाका सबै स्थानीय तहमा चुनावी आमसभा सहित घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिनिधिसभाका उम्मेदवार ओमराज मगर, प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार दिपक पुन र समानुपातिक उम्मेदवार रन बहादुर फगामी सहितको टोलीको सहभागीतामा निर्वाचन परिचालन समिति गठन गरिएको छ । बेनी नगरपालिका–७,बिरेन्द्रचोक पार्टी कार्यालय रहेको मंगोलले चुनवाी अभियानसँगै समिक्षा, बैठक तथा निर्वाचनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने अभियानमा समेत जुटेको निर्वाचन परिचाल समितिले जनाएको छ ।

Leave a Reply