राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दी आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको तस्वीर बोकेर म्याग्दीको ग्रामिण क्षेत्रमा चुनावी अभियानमा छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ग्रेटर नेपाल बनाउने पृथ्वीनारायण शाहको योगदान र देशको अहिलको अवस्था बनाउनेहरूका बारेमा मतदातालाई जानकारी दिन भन्दै राप्रपाले हरेक चुनावी अभियानमा तस्वीर सहित उपस्थित भएको छ ।

राप्रपाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगतप्रसाद गौचनले नेपालको इतिहासमा पृथ्वीनारायण शाहले दिएको योगदान र बाइसी–चौबीसी राज्यलाई मिसाएर नेपाल बनाउन खेलेको भूमिकाका बारेमा नयाँ पुस्तालाई जानकारी दिन समेत तस्वीर लिएरै चुनावी अभियान सुरु गरेको बताउनुभयो । पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाको चुनावी अभियानमा ब्यस्त राप्रपाले सन् १८६० को सुगौली सन्धिका हस्ताक्षरकर्ताहरुले नेपालको अस्तित्व निल्न खोजेको आरोप गौचनको छ ।

‘नेपाल बनाउने र मास्नेहरूलाई मतदाताले चिन्न जरुरी छ, फर्केर हेर्दा ठूला दलहरूको मिलेमतोमा छिमेकीले नेपाली भूभाग नै मिचेको छ’ उम्मेदवार गौचनले भन्नुभयो । उहाँले ग्रेटर नेपालको ठूलो हिस्सा छिमेकी भारतले गाभेको र कालापानी र सुस्ता लगायतका भूभागमा रजाई गरेकाले अब देशको रक्षाका लागि राप्रपालाई मतदान गर्न अपिल गरेको बताउनुभयो ।संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र सहितको मुलुक बनाएर दिगो विकास र स्थायीत्वका लागि राप्रपाको जितको बिकल्प नरहेको दावी समेत गरेको छ ।

 

Leave a Reply