अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गोर्खा आन्दोलनका अगुवा कमलबहादुर पूर्जाले अनर्गल प्रचारको खण्डन

On: October 31, 2022 11:49 PM
Follow Us:

भूतपूर्व गोर्खा कमलबहादुर पूर्जाले एक समुहले भूतपूर्व गोर्खालाई विभाजन गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ। बेलायत र नेपाल सरकार (जिटुजी) बीचको वार्ताको विषयमा आफ्नो नाम तथ्यहिन र भ्रमपूर्ण तरिकाले प्रस्तुत गरी गोर्खा आन्दोलनलाई तहसनहस र समान पेन्सन लगायतका मागलाई ओझलमा पार्न खोजेको बताउनुभयो ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले दि गोर्खा ब्रिगेड एसोसिएसन (जिबीए) लाई उद्धित गदैं बेलायत सरकारसंग भूतपूर्व गोर्खाहरुको समान पेन्सन र क्षतिपूर्तिबारे वार्ता असफल बनाउन खोजेको भन्दै आफ्नो नाम समेत लिएर समाचार प्रकाशित गरेपछि गोर्खाको सुविधा दिने भन्दै नेता बन्न खोज्नेहरुले नै आन्दोलन र वार्ताको नाममा अनावश्यक प्रचारप्रसार गरेको बताउनुभयो ।

‘आरोप लगाउनेहरुलाई गोर्खा आन्दोलनको इतिहास फर्किर हेर्न चुनौति दिन्छु,‘मैले समान सुविधाका लागि खेलेको भूमिका प्रमाणसहित पेश गर्न सक्छु’ पूर्जाले बेनीअनलाइनलाई भन्नुभयो । उहाँले भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका मागहरुप्रति सम्पूर्ण एकजुट हुनुपर्नेमा विभिन्न नाममा संगठनको पसल खोलेर विभाजन गर्न खोज्नेहरुले अहिले लामो समयदेखि आन्दोलनमा सक्रिय रहेकाहरुलाई न बदनाम गराउने प्रयास गरेको बताउनुभयो ।

हजारौंको संख्यामा तक्मा तथा बहादुरीका विभूषण पाएका गोर्खा बराबरी पेन्सन तथा अन्य सुविधाको विषयमा भएका उपलब्धीलाई ध्वस्त पार्न अर्कालाई आरोप लगाउने गरिएको भन्दै आन्दोलनमा सम्पूर्ण गार्खा एकजुट हुन समेत पूर्जाले अपिल गर्नुभएको छ ।

गोर्खा भर्ती सुरु भएको २ सय वर्षपछि बेलायतले गोर्खाहरूलाई बिभेद गरेको भन्दै भूपू गोर्खाहरूले आन्दोलन गरेपछि बेलायत सरकार, नेपाली राजदूतावास र गोर्खाहरूबीच विभिन्न चरणमा वार्तामा भएका उपलब्धीहरु मास्ने प्रयास र तथ्यहिन समाचारलाई खारेज गर्न समेत पूर्जाले अपिल गर्नुभएको छ । ब्रिटिश सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना ब्रिटिश समकक्षीको तुलनामा झण्डै एकतिहाइमात्रै पेन्सन पाउने गरेको बताउँछन्।