विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाण्डौ महानगरपालिका–१६ बनस्थली बस्ने ५० बर्षिय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन् । गत महिना असोज २६ गते आइतबारका दिन साँझ चार बजेदेखि बेपत्ता हुनुभएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनैपनि प्रगति नभएको बिबेक शर्माले बताउनुभयो ।

सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्कविहिन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरेपनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद १० लाख समेत पुरस्कार दिने समेत घोषणा गरिएको छ ।

घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभएपनि केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाई छ । परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाण्डौ आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजंगल,खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।

 

Leave a Reply