म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा स्थानीयको पहलमा साढे ३ करोडको लागतमा २० कोठे विद्यालय भवन बनेको छ । जिर्ण भवनले पठनपाठनमा समस्या भएपछि स्वदेश तथा विदेशमा रहेका स्थानीय अगुवाहरूको पहलमा चन्दा संकलन, सरकारी अनुदानबाट ३ करोड ५५ लाख लागतमा भवन बनेको हो ।

भकिम्लीबासीले डेढ करोड, सरकारी निकायबाट १ करोड १७ लाख र विदेशी संघसंस्थाबाट ६२ लाखको लागतमा जयन्ती माविमा चिटिक्कको पक्की भवन निर्माण भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताए । ‘समुदायको प्रयासमा यो सम्भव भएको छ,‘अब यसैबर्ष उद्घाटन गछौं’ अध्यक्ष पुनले भने ।

उनका अनुसार प्रवासमा रहेका भकिम्लीबासीले गाउँमा रहेको भवन निर्माणमा निकै मेहनत गरेका थिए । पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविसको जयन्ती माविको भवन विसं २०७२ को महाभूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि आर्थिक सहयोग जुटाएरै शिलन्यास गदैं समुदायको श्रमदानबाट पहिलो चरणको मा भएको विद्यालयका प्रधानाध्यापक भोजबहादुर जिसीले बताए ।

विद्यालयको भवन बनाउन आर्थिक अवस्था कमजोर भएका स्थानीयले समेत रु ५ सयदेखि श्रमदान गरेको थिए । विद्यालयले भौतिक संरचनाको समस्या समाधान भएपछि अव शैक्षिक गुणस्तर बृद्धि सहितका अभियानमा ध्यान केन्द्रित गर्ने भएको छ।

सदरमुकाम नजिकै भएपनि भौतिक संरचनाको दृष्टिकोणले निकै कमजोर भकिम्लीमा समुदायको प्रयासबाट धेरै काम भएको छ । विद्यालय, सडक, धार्मिकस्थल स्वर्गाआश्रम, बेलढुंगा लगायतका विभिन्न क्षेत्रमा पूर्वाधार बनाएका छन् ।

Leave a Reply