मौसम चिसिदै छ । पानी परेर भित्राउने बेलाको बालीमा क्षति पुर्याउँछकी भन्ने आशंकाले किसानहरु विहान उठेदेखि रात नछिप्पिने बेलासम्म खेतबारीमा नै व्यस्त छन् । खेतबारीमा पाकेको धान र कोदो भित्राउन व्यस्त किसानहरुलाई घरदैलो र भेटघाट कार्यक्रमका लागि गाउँपुगेका उम्मेदवारहरुका कुरा सुन्ने फुर्सद छैन ।

मंसिर ४ गते हुनलागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरु गाउँ–गाउँमा चुनावी प्रचार–प्रसारमा हिडेका छन् । दलका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुले समूह बनाएर म्याग्दीका गाउँवस्ती र खेतबारीमा पुगेपनि मतदाताहरु भने आफ्नै काममा व्यस्त हुने गरेका छन् ।

निर्वाचन नजिकिदै जाँदा दलका नेता तथा कार्यकर्ताहरुमा निकै उत्साह थपिएता पनि आममतदातामा त्यस्तो उत्साह देखिएको छैन् । एकातिर कामको माचो छ,अर्कोतिर विगतका निर्वाचनहरुमा भोट दिएर पठाएका जनप्रतिनिधिहरुको व्यवहारले जनताको मन कुँडिएको छ । यो पटकको चुनावी चहल–पहलमा मतदातामा उत्साह देखिएको छैन् ।

चुनावको समयमा मात्र जनताको घरदैलोमा उम्मेदवार, नेता तथा उनीहरुका कार्यकर्ता पुगेको गुनासो गरेका छन् । जिल्लाका अधिकांश मतदाताले उम्मेदवारहरु चुनावको समयमा सबै जनताको घरदैलोमा पुग्ने जनतालाई आश्वास नदिने तर विजयी पश्चात् जनतालाई दिएकाती आश्वासनहरुलाई बिर्सने गरेको बताएका छन् ।

म्याग्दीको बेनीनगरपालिका २ का नारायण सापकोटाले विगतमा जस्तै राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु चुनावी प्रचार–प्रसारमा हिड्दै विभिन्न आश्वासन दिने तर कहिल्यै पुरा गर्न नसकेको बताउनुभयो । “भोट माग्न आउँछन्,चुनावजितेर गए पछि वास्तै गर्दैनन्,।”उहाँले भन्नुभयो, “चुनावको समयमा मात्र जनता आवश्यक पर्ने अरु समयमा जनतालाई नखोज्ने, जनताको समस्या समाधानमा कोही पनि लाग्नुभएन्।” सबै नेताहरु दलगत र व्यक्तिगत स्वार्थमा मात्र लाग्ने गरेको उहाँले आरोप लगाउनुभयो ।

मालिका गाउँपालिका २ रुम बेलीका जगवहादुर विकले चुनाव जितेर गएपछि नेताहरुको अनुहारै देख्न नपाइने बताउँदै गाउँमाविकास पनि नभएको र दुःखी गरीबहरुको अवस्थामा सुधार पनि नआएको गुनासो व्यक्त गर्नुभयो । “नेताहरु प्रति विश्वास नै लाग्न छोड्यो,आफ्नो स्वार्थको लागिमात्रै लड्छन्,जनताको वास्तै गर्दैनन्।” उनले भने,‘चुनाव जितेर गएपछि जनता विर्सने रोग हाम्रा नेताहरुलाई लागेको छ ।

Leave a Reply