बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–१ गणेशघुम्ती नजिकै विपरीत दिशाबाट आउँदै गरेका २ वटा मोटरसाइकल एक आपसमा ठोकिँदा २ जना घाइते भएका हुन् ।

मालढुङ्गाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ध २ प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारबाट मालढुङ्गातर्फ जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै चालक घाइते भएका हुन् ।

घाइते हुनेमा काठेखोला–५ बिहुँका वर्ष १९ का मनिष कंडेल र कुश्मा नगरपालिका–१० पिपलटारीका वर्ष २३ को रोहित भुषाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी बरिस्ठ नायव निरीक्षक राजकुमार केसीले बताए ।

घाइते दुवैको अवस्था गम्भीर रहेकाले पोखरा रेफर गरिएको धौलागिरी अस्पतालले जनाएको छ ।

Leave a Reply