प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उमेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गर्नुभएको छ ।

बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा शनिवार गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा उमेद्वारहरुले निर्वाचनपछि बन्ने संघीय र प्रदेश सरकारमा म्याग्दीको प्रतिनिधित्व विकासका कामलाई तिब्रता दिएर नयाँ उचाईमा पु¥याउने अवसर हुने बताउनुभएको हो ।

उनिहरुले संविधान र राजनीतिक उपलब्धिको रक्षा, स्थिरता, विकास र सम्बृद्धीका लागि बनेको गठबन्धनका उमेद्वारहरुलाई जिताउन आव्हान गरे । प्रतिनिधिसभा सदस्यका उमेद्वार रहेका काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले लगातार दुई वटा चुनाव हारेपनि विचलित नभई म्याग्दीवासीको सेवामा निरन्तर लागिरहेको बताउनुभयो ।

“२०६४ मा समानुपातिक उमेद्वार थिए, २०७० को दोस्रो संविधानसभा चुनावमा मतदातामाझ परिचित भए, २०७४ को चुनावमा वामगठबन्धनका वावजुद सम्मानजनक पराजित ब्यहोर्नुप¥यो,” गर्बुजाले भन्नुभयो “दुई पटक चुनाव हारेपनि संघर्ष गर्न छाडेको छैन । म्याग्देलीको सेवामा लागिरहेको छु । विचलित भएको छैन् । यसपाली म जितका लागि प्रतिस्पर्धामा आएको हो ।”

बेलायती सेनामा हुँदा वास्केटवल, भलिबल र सुटिङ खेलाडी भएको बताउदै गर्बुजाले समग्र म्याग्दीको भौतिक, सामाजिक, आर्थिक विकास र यहाँका बासिन्दाको समस्यालाई सम्बोधन गर्ने कानुन निर्माणमा म्याग्देलीको प्रतिनिधित्व गर्ने बताउनुभयो । गर्बुजाले म्याग्दीका अधुरा योजनाहरुलाई जति सक्दो छिटो पूर्णता दिएर नयाँ योजना भित्र्याएर तिब्रताका साथ कार्यान्वयनमा लैजाने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र (क)मा माओवादीका उमेद्वार हरीबहादुर भण्डारीले जलविद्युत, पर्यटन, कृषि र जडिवुटी क्षेत्रमा रहेको सम्भावनालाई व्यवहारमा रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने नीति र योजनामा प्राथमिकता दिने बताउनुभयो । उहाँहरुले स्थानीयबासीहरुसँग समन्वय गरेर आवश्यकता र मागलाई सम्बोधन गर्न सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिनिधिसभा सदस्यमा माओवादीबाट समानुपातिक उमेद्वार रहनुभएका राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले देशैभर गठबन्धनको लहर छाएको बताउदै अब बन्ने सरकारमा म्याग्दीको प्रतिनिधित्व हुने र त्यसपछि म्याग्दीको विकासको पालो आउने बताउनुभयो ।
विकास निर्माणमा हुने ढिलासुस्ति, अनियमितताको अन्त्य र शुसासनका लागि प्रतिवद्ध सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले मध्य पहाडी, उत्तर दक्षिण जोड्ने लोकमार्ग, नेपालमा लोडसेडिङको अन्त्य गरी विद्युत निर्यात गर्ने काम भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेलले नेपालको हरेक राजनीतिक परिवर्तनका सहयात्री दलहरुको सहकार्यबाटनै नेपालमा राजनीतिक स्थिरता कायम भई विकासले गति लिने र जनताले महशुस गर्ने सम्बृद्धी हाँसिल हुने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले म्याग्दीमा कसिलो बनेको गठबन्धनको जित सुनिश्चित भइसकेको बताउदै विपक्षीले फैलाउने भ्रम र प्रलोभनको भण्डाफोर तथा प्रतिरोध गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

प्रदेशसभामा नेपाली काँग्रेसका समानुपातिक उमेद्वार विमला गौचन, नेकपा एकिकृत समाजवादीका प्रदेशसभामा समानुपातिक उमेद्वार दुर्गा कार्की लगायतले महिला, दलित, जनजाती, पिछडिएका वर्ग र समुदायको पक्षमा बनेको संविधान कार्यान्वयन गरेर अधिकार दिलाउन गठबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

गठबन्धनका उमेद्वार तथा नेताहरुलाई स्थानीय विकास निर्माण र समस्याका बारेमा जानकारी गराउदै गठबन्धनको इमान्दारीताका साथ कार्यान्वयन गरेर चुनाव जिताउने प्रतिवद्धता जनाएका थिए । नेपाली काँग्रेसका नेता नेत्रबहादुर महत, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायत नेताहरुले गठबन्धनका उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।यसैगरी प्रदेशसभा क्षेत्र (ख)का गठबन्धनका साझा उमेद्वार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको टोलीले शनिबार मंगला गाउँपालिका २ सल्यान, थाइवाङ, भरजुला, भाइवाङमा घरदैलो र मतदाता भेटघाट गर्नुभएको छ । नेपाली काँग्रेसका प्रदेशसभा क्षेत्र (ख)का सभापति टंक पुन, माओवादीका प्रदेश सहसचिव टेकबहादुर बिक सहितको टोलीले गठबन्धनलाई भोट माग्दै घरदैलो गर्नुभएको हो ।

Leave a Reply