मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले बेनी नगरपालिका वडा नं. ७ र ८ बेनी बजारमा घरदैलो गरेका छन् ।
घरदैलो कार्यक्रममा म्याग्दीको विकास र समृद्धिका लागि बाम लाेकतान्त्रिक गठबन्धका उम्मेद्वारलाई भोट हाल्न आग्रह गर्दै मददाता शिक्षा (भोट हाल्ने तरिका) सिकाउदै घरघरमा पुगेका थिए ।
घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरि भण्डारीले जिल्लाको विकासका लागि यस पटक प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ खमबहादुर गर्बुजा खम्बीर र म्याग्दी प्रदेश सभा क्षेत्र क का आफुलार्ई बिजयी गराउन आग्रह गर्नुभएको थियो ।
नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ख का सभापती ओम छन्त्याल लगायतका नेता र नेकपा माओवादी केन्द्रका नेताहरुले घरदैलो गरि गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभएको थियो

Leave a Reply