गायक प्रकाश दूतराजले आफ्नो बारेमा भ्रमणपूर्ण, र अतिरन्जित शिर्षक राखेर समाचार बनाइएको बताएका छन् । दिपावलीको अवसरमा अष्ट्रेलियाका विभिन्न सहरमा आयोजित सांगितिका कार्यक्रममा सहभागी हुन पुगेका गायक दुतराजले आत्महत्याको प्रयास गरेको भन्ने खवरझुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गरेका छन् ।

गायक दुतराज बसेको कोठामा सलको पासो लगाएर झुण्डिने प्रयास गरेको भन्ने समाचारबाटस् स्तब्ध भएको गायक दुतराजले बताएको म्याग्दी सेवा समाज मुन्दुबेरा अष्ट्रेलियाका अध्यक्ष रमेश रोकाले बेनीअनलाइनलाई बताउनुभयो ।

’कोठाभित्र सुतेको अवस्थामा अनावश्यक हल्ला फैलिएको रहेछ,‘उहाँ हामीसँगै हुनुहुन्छ,’अर्को कार्यक्रमको तयारीमा हुनुहुन्छ’ अध्यक्ष रोकाले भन्नुभयो । अन्तर्मुखी स्वभावका दूतराजले कोठा नखोलेपछि उनीसँगै रहेको टोलीले नेपालमा फोन गरेर हल्ला गरेको गुनासो गरिएको छ।

कोठामा सुतेको अवस्थामा बाहिर हल्ला चलेको भन्दै यस्ता हल्लाले मानसिक तनाव दिएको दुतराजलाई भेट्न गएको टोलीका सदस्यले जनाएका छन् । ‘मैले यो विषयमा प्रत्यक्ष जानकारी दिन्छु,अहिले समाचारले स्तब्ध छु’ गायक दुतराजले भन्नुभयो ।

अष्ट्रेलियाको बसाईमा आयोजक र म्याग्देलीहरुबाट प्राप्त साथ र सहयोगले उत्साहित भएको बताउँदै गायक दुतराजले सांगितिक क्षेत्रमा धेरै किसिमका हल्लाहरू हुने गरेकोमा आफुँ पनि निशानामा परेको गुनसाो म्याग्देलीसँगको भेटघाटमा बताएका छन् ।

गायक दुतराजले आफुँले सांगितिक क्षेत्रमा धेरै गर्नुपर्ने भएकाले अहिले आएका समाचारको पछाडी नलाग्न समेत अपिल गर्नुभएको म्याग्दी सेवा समाज मुन्दुबेराले जनाएको छ । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका दुतराज विविधतापूर्ण शब्द तथा सामाजिक सन्देशले भरिएका गीतकै कारण लोकप्रिय छन् ।

गरिब परिवार, आमाको संर्घंष, शिक्षा लगायत सामाजिक गतिविधि, परिवेशलाई छपककै छोपेको गीत अहिले लोकप्रिय छ।‘मन भुल्छ’, ‘जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीत करोड क्लवबाट अगाडी बढेपछि गायक दुतराजले अन्तराष्ट्रिय कार्यक्रममा समेत नियमित अफर आउन थालेको छ ।

आफ्नै स्वर, अभियनमा समेत फरक स्वादले दुतराजका गीत यूटुवमा खोजी–खोजी हेर्ने बानी दर्शकलाई परिसकेको छ । दुतराजले पस्किएका पछिल्ला करिब आधा दर्जन गीतमा आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ ।

 

Leave a Reply