म्याग्दीको सदरमुकाम बेनीमा शाखा रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेनी नगरपालिका–४, सिंगा, पौडेलचोकमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । वित्तिय सेवा लिन सदरमुकाम बेनीबजार आउनुपर्ने झन्झटलाई अन्त्य गदैं गाउँघरमै सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा स्थापना गरिएको शाखा प्रबन्धक पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।

सेवा केन्द्रको वडा अध्यक्ष अण बहादुर खड्काले उद्घाटन गदैं वित्तिय सेवालाई ग्रामिण क्षेत्रका जनतामाझ पुर्याउन आवश्यक रहेको बताउनुभयो । बैंकले पौडेलचोक स्थित सचिन स्टेसनरी (प्रो. लोकनाथ पाध्या) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ। कार्यक्रममा वडा नं. ४ का पुर्व वडा अध्यक्ष गोबिन्द प्रसाद पौडेल, धौलागिरी माध्यामिक विद्यालयका प्रध्यानध्यापक भुवनप्रसाद रेग्मी, समाजसेवी देबेन्द्र बहादुर बानियाँ, सिंगा पौडेलचोक टोल सुधार समितिका अध्यक्ष भुपेन्द्र बहादुर बानियाँ लगायत बैंकका अन्य कर्मचारीहरु, स्थानीय व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

उक्त शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, रकमान्तर, नगद मौज्दाज सोधपुछ तथा विवरण हेर्ने, विप्रेषण भुक्तानी गर्ने, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । म्याग्दीको सदरमुकाम बेनीमा शाखा रहेका वित्तिय संस्थाले ग्रामिण क्षेत्रमा शाखारहित बैकिङ सेवा केन्द्रबाट समेत ग्राहकलाई आर्कषित गरिरहेका छन् ।

Leave a Reply