‘म यसअघिका दुई वटा चुनाव हारेपनि विचलित भइन । राजनीति मार्फत म्याग्देलीको सेवामा निरन्तर क्रियाशिल भएको यहाँहरुले देखेको र भोग्नुभएको छ,’ गर्बुजाले भन्नुभयो ‘जहाँ पुग्दा पनि गठबन्धनकै उमेद्वारको चर्चा छ । म्याग्देली जनताले पनि परिवर्तन चाहेका छन् । यहाँको अवस्था, वस्तुअवस्था र सम्भावनालाई हेरेर गठबन्धनलाई कसिलो बनाएका छौ ।’ प्रदेशसभा क्षेत्र (ख) का उमेद्वार माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले गठबन्धनका उमेद्वारहरुले चुनाव जितेमा म्याग्दीको विकासमा निरन्तरताको क्रमभंगता हुने बताउनुभयो ।
‘सडक भित्रिएको २८ वर्षमा जिल्लाभर करिब ३० किलोमिटर पनि पिच किन हुन नसक्नुको कारण यसअघि चुनाव जितेर गएका प्रतिनिधि हुन कि होइनन ?,’ उहाँले भन्नुभयो ‘पटक पटक मन्त्री आफ्नो जिल्ला र भेगको विकास गर्न नसक्नेले अब गर्लान भन्ने के ग्यारेन्टि छ ?’ आगामी सरकार गठबन्धनको बन्ने र त्यसमा म्याग्दीको प्रतिनिधित्व हुने भएकाले अबको पाँच वर्षे कार्यकालमा म्याग्दीको भौतिक, सामाजिक र आर्थिक विकासमा क्रमभंगता हुने जुग्जालीको भनाई थियो ।
नेकपा माओवादी केन्द्रको समानुपातिक उमेद्वार रहनुभएका राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई गठबन्धनले भावी अर्थमन्त्री र काँग्रेसबाट प्रदेशसभाको समानुपातिक उमेद्वार रहेकी बिमला गौचनले महत्वपूर्ण पद पाउने गठबन्धनका नेताहरुले बताएका छन् । श्रेष्ठले आफू योजना आयोगको उपाध्यक्ष हुँदा बेनी–दरवाङ र बेनी–दरवाङ–कोरला सडक आयोजनाको डिपिआर स्विकृति गराएर बजेटको स्रोत सुनिश्चितता गराएको बताउदै दरवाङ–बिम–मराङ–मल्कवाङ–ठाडाखानी–पाखापानी–झिँ–पात्लेखेत–घतान–बेनी जोड्ने सडकलाई चक्रपथ बनाउन सकेमा यस क्षेत्रको सम्वृद्धीमा योगदान पुग्ने बताउनुभयो ।
जलविद्युत, पर्यटन, कृषि, खनिज स्रोतको परिचालन मार्फत रोजगारी सिर्जना र आयआर्जन वृद्धी गरी म्याग्दीलाई सम्बृद्ध बनाउन गठबन्धनलाई जिताउन उपाध्यक्ष श्रेष्ठले अपिल गर्नुभयो । महिला, दलित, जनजाती, पिछडिएका वर्ग र समुदायको पक्षमा संविधान बनाउने, लोडसेडिङको अन्त्य, शिक्षा, स्वास्थ्यका क्षेत्रमा परिवर्तन ल्याउने योगदान गरेका गठबन्धनका दललाई जिताउन नेकपा माओवादीका केन्द्रिय सदस्य गोविन्द पौडेलले आग्रह गर्नुभयो ।
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनमोर्चाका समानुपातिक उमेद्वार छवी विश्वकर्माले संविधानको रक्षा, स्थिरता, विकास र सम्बृद्धीका लागि बनेको गठबन्धनमा विश्वास कायम गर्न र विपक्षीले फिजाएको भ्रममा नपर्न आग्रह गर्नुभयो । नेपाली काँग्रेसका समानुपातिक उमेद्वार बिमला गौचन, नेकपा एकिकृत समाजवादीका समानुपातिक उमेद्वार दुर्गा कार्कीले शान्ति प्रक्रीया, जनआन्दोलन, संविधान जारी र संघीयताको कार्यान्वयनमा सहकार्य गरेका राजनीतिक शक्तिहरुबीचको सहकार्यले राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका साथै शुसासन कायम हुने बताउनुभयो ।

Leave a Reply