आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा करिव ११ सय जना कर्मचारी परिचालन हुने भएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार सो संख्यामा कर्मचारी परिचालन गरिने भएको हो ।

जिल्लामा रहेको ८२ मतदानस्थल र १ सय २० मतदान केन्द्रका लागि करिव १ हजार १ सय कर्मचारी परिचानल गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत तेज प्रसाद पौडेलले बताउनुभयो । “शिक्षक र कर्मचारी मतदान केन्द्रका लागि छनोट गरिएको छ ।”– उहाँले भन्न्ुभयो । “एक मतदान केन्द्रमा ४ जना देखि ८ जना कर्मचारी परिचालन गरिएको छ ।”

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय २० मतदान अधिकृत, एक सय २० सहायक मतदान अधिकृत सहित सहायक कर्मचारी र सहयोगी कर्मचारी मतदान केन्द्रका लागि छनोट गरिएको छ । मतदान केन्द्रमा छनोट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ दूई दिनको निर्वाचन सम्वन्धी तालिम दिईने सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । ‘मतदान केन्द्रमा खटिएका कर्मचारी मंसिर १ गतेसम्म पुगिसक्नुपर्ने छ ।’

जिल्ला सुरक्षा समितिले म्याग्दीका ८२ मतदानस्थलमध्ये १५ वटालाई अतिसंवेदनशील, ५८ लाई संवेदनशील र नौवटालाई सामान्य समूहमा राखेर योजना बनाएको नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभएको छ । निर्वाचनका लागि ७ सय ३२ जना म्यादी प्रहरी परिचालन छन् ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार १२० मतदाता रहेका छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता छन् भने मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ मतदाता छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Leave a Reply