आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव सि) नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी उषा मगर सहित चारजनालाई रिहा गरिएको छ । निर्वाचना बहिस्कार सम्बन्धि भित्ते लेखन गर्दै गरेको अवस्थामा सेक्रेटरी उषा मगर, युवा संगठनका जिल्ला अध्यक्ष नविन सि, रोहित सि र विशाल सन्यासीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो ।

निर्वाचन बिरोधी गतिविधिमा संलग्नलाई कडा निगरानी राख्न केन्द्रबाट निर्देशन आएपछि प्रहरीले म्याग्दीमा समेत विप्लवका गतिविधिलाई निगरानी सहित निर्वाचन बहिस्कार सम्बन्धि कार्यहरुलाई प्रभावहिन बनाउने बताइरहेको अवस्थामा नेताकार्यकर्ता पक्राउ गरिएको थियो । यता सेक्रेटरी उषाले बिना सर्त रिहा भएको बताउँदै दलाल संसदीय चुनाव खारेजीका लागि अन्य कार्यक्रमहरु समेत रहेकाले नियमित सञ्चालन गर्ने बताउनुभयो ।

Leave a Reply