दुर्घटनामा परेर घाइते भएका मंगला गाउँपालिका वडा नं २ बाबियाचौरका व्यवसायी सुरेश थापालाई म्याग्दी उद्योग वाणिज्य संघको मंगला ईकाइले आर्थिक सहयोग गरेको छ । बावियाचौर। बजारमा करिना मोटरसाइकल वर्कशपका सञ्चालक थापा कात्रिक १८ गते घरमै लडेर मेरुदण्डको हड्डी भाँचिएको थियो ।

घाईते थापाको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको इकाईका अध्यक्ष चक्रलाल पाण्डे (राजु)ले बताउनुभयो । उपचारमा आर्थिक अभाव भएपछि म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईले बाबियाचौरका बासिन्दा र ब्यापारीहरुबाट रु. ७५ हजार संकलन गरि आफन्त यामबहादुर पुनलाई उपलब्ध गराइएको अध्यक्ष पाण्डेको भनाई छ ।

Leave a Reply