पाँच जिल्लाको भूभाग देखिने म्याग्दी र बागलुङ जिल्लाको सिमानामा अवस्थित पर्यटकीयस्थल बेलढुंगा प्रचारप्रसारमा सघाउन बाइकर्स म्याग्दीले बोर्ड राखेको छ । पछिल्लो आन्तरिक पर्यटकहरुको रोजाईमा परेको बेलढुंगालाई थप प्रचारप्रसारका लागि ब्यक्तिगत खर्चमा बोर्ड राखिएको समुहका गोविन्द क्षत्रीले बताए । उनका अनुसार त्यहाँको भिडियो सहितको जानकारी समेत विभिन्न माध्यमबाट प्रचार-प्रसार गरिने छ। ‘हामीले जिल्ला चिनाउने अभियानमा एउटा इट्टा थप्ने प्रयास मात्रै गरेका छौ,‘सबै ठाउँमा पुगेर यस्तै रचनात्मक कार्य गर्ने योजना छ’ क्षत्रीले भने । यसअगाडी लभ्लीहिल र नारच्याङको झरनामा समेत पर्यटकलाई तस्वीर, भिडियो र टिकटक बनाउन मिल्ने लोकेशनमा बाइकर्स म्याग्दीले राखेको बोर्ड सबैले रुचाएका छन् । समुहमा आवद्ध रहेका यूवाले आफ्नो ब्यक्तिगत खर्चबाट उक्त स्थानमा बोर्ड राख्ने गरेको बताएका छन् ।

Leave a Reply