भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड आईसीसी पुरुष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलियाको एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्यान्डले १६ ओभरमै सहजै पूरा गरेको हो। प्रारम्भिक ब्याटर जोस बटलर र एलेक्स हेल्स चम्किएपछि इङ्ल्यान्डले १० विकेटले भारतलाई पराजित गरेको छ।

इङ्ल्यान्डका लागि हेल्सले ८६ र बटलरले ८० रन बनाए। हेल्सले ४७ बलमा सात छक्का र चार चौका प्रहार गरे। त्यस्तै, बटलरले ४९ बलमा तीन छक्का र नौ चौका प्रहार गरे।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ६ विकेटको क्षतिमा १६९ रन बनाएको थियो। भारतका लागि हार्दिक पाण्ड्याले ६३, विराट कोहलीले ५०, रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रन बनाएका थिए।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन, क्रिस वेक्स र अदिल रशिदले एक-एक विकेट लिए।यसअघि नै पाकिस्तान न्यूजिल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। अब कात्तिक २७ गते फाइनलमा पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply