मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा मतदान गर्न मतदाता खुलेर लागेका छन्। पुराना पार्टीका स्थापित नेतालाई विस्थापित गर्ने भन्दै चुनावी मैदानमा होमिएकाले यसपटक मतदाताको रोजाईमा पर्ने भएकाले डा. हरि केसीलाई नै मत हाल्नका लागि यूवाहरुले भित्रभित्र अभियान चलाएका छन् । म्याग्दीकोसमस्यालाई संसदबाट सम्बोधन गराउन उम्मेदवारी दिएको डा. केसीको भनाई छ ।

आफूले कुनै दलका उम्मेदवारलाई चुनौतीको रूपमा नलिएको बताउँदै डा. केसीले राष्ट्रिय स्वतन्त्र पार्टी जन्मनुभन्दाअघिको अवस्था र मतदातालाई जिल्लामा राजनीतिक दलले गरेको बेइमानीबाट आजित भएको अवस्थामा स्थापित दलहरू आफ्नो एजेन्डाबाट विमुख भएको देखेर मैले उहाँहरूलाई विश्वास गर्न सकिनँ अनि नयाँ पार्टीमा आवद्ध भएको हु । राजनीति आफ्नो लागी मात्रै होईन जिल्लाबासीको हितमा गर्नुपर्छ । अहिलेसम्म म्याग्दीमा आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्न राजनीति गर्ने गरिएको छ । म आवद्ध पार्टीमा राजनीतिमा बेइमानी गरेका नेताहरु छैनन् ।

Adv

नयाँ पार्टीमा नयाँ पद्धति छ नयाँ–नयाँ व्यक्तिहरू हुनुहुन्छ । मैले यसपटक उम्मेदवारी दिएर म्याग्दीमा दलिय त्रासमा रहेका यूवाहरुलाई स्वतन्त्र रुपमा परिचालन हुन सक्ने अवस्था बनाएको छु । देशको अब राजनीतिमा युवा पुस्ताले हस्तक्षेप गर्ने अभियान यो पार्टीबाट हुन्छ।

म्याग्दीमा हेनुहोस् त मन्त्री, सांसद हुदाँ पनि आश्वासन बाँड्न पनि नछोड्ने सधै बाँडेको बाँड्यै गर्ने गरेकाले म्याग्देली जनता आजित छन् । त्यसैले अहिले चुनावी अभियानमा किन भोट हाल्ने ? भोट हालेर के हुँदो रैछ र ? भनेर निराश मतदातालाई मेरो उम्मेदवारीले उत्साह थपिएको छ भने आगामी दिनमा थप युवाहरू पनि राजनीतिमा आर्कषित हुनेछन् । यसपटक घण्टीमा भोट हालेर ठूला दललाई म्याग्दीमा मतदाताले राम्रो पाठ सिकाउने निश्चित छ ।बेनी साप्ताहिक समाचारपत्रबाट साभार

 

 

Leave a Reply