राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको सनातन धर्मसंस्कृति, मूल्यमान्यता तथा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने प्रमुख चुनावी एजेण्डा सहित घरदैलो अभियानमा ब्यस्त छु । राजनीतिक रुपले पञ्चायत कालदेखि नै निकै चर्चित जिल्ला हो म्याग्दी ।

पञ्चायत कालका सदबहार नेता भीमप्रसाद गौचनले गरेको विकास निर्माणलाई देखाएर अहिले अन्य दलले प्रचारप्रसार गरेका छन् । यहाँका दलहरुको केन्द्रमा पहुँच छैन् । उनीहरुले केन्द्रमा पुगेर विकास माग्न सक्ने अवस्था नभएकै कारण जिल्ला धेरै पछाडी परेको छ । राजाका पालामा बनेका विकास निर्माणलाई देखाएर गणतन्त्रबादीले भोट मागेको देख्दा अचम्म लागेको छ ।

गाउँघरमा अहिले पनि खानेपानीका धारा, अन्य संरचनाहरु उ बेलामा बनेका थिए। सदरमुकाम बेनीमा त्यती बेला स्थापना भएका संस्थामा अहिले आफुँले गरेको भन्दै रजाई छ । म्याग्दीको चुनावी इतिहासमा विकास र कुटनीतिलाई सँगसँगै अघि बढाएको अवस्थामा अव पूर्व मन्त्री गौचनको त्यही पदचापलाई पछ्याउँदै मैले अबको म्याग्दीको राजनीति अघि बढाउनुपर्ने भएकाले निर्वाचनमा होमिएको छु ।

म्याग्दीमा हामीले चुनावी मैदानमा मतदातालाई विदेशीको इसारामा हिन्दुराज्यको अतित्व समाप्त पार्ने, नेपाललाई विदेशीको घेराबन्दीमा पार्ने ठूला दलहरुका गतिविधिका बारेमा मतदातालाई प्रष्ट पारेका छौ । धर्मको नाममा आर्थिक लाभ लिएका नेताहरु र जनताको नाममा अकुत सम्पत्ती आर्जन गरेकाहरुलाई कानुनी कारवाही गर्नुपर्छ र २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्थाका लागि समेत मतदातालाई मत मागेको छु ।

सवल राष्ट्रियता, सुदृढ प्रजातन्त्र र नेपाली जनताको सम्मान, परम्परागत शक्तिको सम्मानसहितको बहुलवादी लोकतन्त्र, गरिबी र भ्रष्टाचारमुक्त, समृद्धिशाली र सुशासनयुक्त लोककल्याणकारी पहिचानलाई प्राथमिकतामा राखेको छु ।

म्याग्दीका अन्य दलहरु पार्टीका झण्डा लिएर मैदानमा उत्रिएको अवस्थामा मैले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको तस्वीर लिएर म्याग्दीको ग्रामिण क्षेत्रमा चुनावी अभियान सुरु गरेपछि मतदाता उत्साहित छन् ।

ग्रेटर नेपाल बनाउने पृथ्वीनारायण शाहको योगदान र देशको अहिलको अवस्था बनाउनेहरूका बारेमा मतदातालाई जानकारी दिन नेपालको इतिहासमा पृथ्वीनारायण शाहले दिएको योगदान र बाइसी–चौबीसी राज्यलाई मिसाएर नेपाल बनाउन खेलेको भूमिकाका बारेमा नयाँ पुस्तालाई जानकारी दिन समेत तस्वीर लिएरै चुनावी अभियान सुरु गरेको बताए । एकपटक मतदातालाई राप्रपालाई सत्ता सञ्चालन गर्न दिने गरी म्याग्दी सहित देशभरबाट विजय बनाउन अपिल गर्छु ।

Leave a Reply