अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

‘मंगोलको हितमा मेरो उम्मेदवार हो’

By ओमराज मगर
On: November 10, 2022 9:16 PM
Follow Us:
---Advertisement---

मंगोल नेसनल अर्गनाइजेसनलेृ म्याग्दीमा चुनावी अभियानलाई तिब्रता दिएको छ । मेरो उम्मेदवारी पूर्ण लोकतन्त्र, धर्म निरपेक्षता, प्रान्तिय सरकार, स्वतन्त्रता र भातृत्व, मानव अस्तित्व सहित समानताको लागि हो । संविधानमा मंगोल वर्णको कुनै अस्तित्व नराखिदा आम मंगोलियनहरुको अस्तित्व माथी प्रश्न उब्जेकोले आफूहरुले संविधानमा आर्य मानवसँगै मंगोल मानवको अस्तित्व समावेश गर्नको लागि लागिपरेका छौ ।

भ्रष्टाचारमुक्त र समृद्ध समाजको लागि आफ्नो पार्टी सक्रिय भएको बताउँदै राष्ट्रियताको पक्षमा रहेकाले असमान सन्धि सम्झौता खारेज, रोजगारको व्यवस्था, आधारभूत आवश्यकताहरुको ग्यारेन्टी, कामको आधारमा जनप्रतिनिधिहरुको सेवा सुविधा लगायतका एजेण्डा सहित आफ्नो पार्टी चुनावमा होमिएको छ । मंगोल नेसनल अर्गनाइजेसन नेपालको एक राजनीतिक दल हो।

मंगोलहरूको वंशावली हेर्ने हो भने आजभन्दा १ करोड १० लाख बर्ष पहिले पाल्पाको दोभान ताप्लेजुङको को हनङदेवा र काठमाडौ बुढानिलकण्ठ र नवरपरासीमा प्रमाण पाईन्छ । यसपटक हामीले एमएनओले ‘गाउँ गाउँ बस्ती बस्ती जाआँै, मुलवासी मंगोल जगाऔँ, अस्तित्व जोगाऔँ ँराष्ट्रिय अभियान नै म्याग्दीमा सञ्चालन गरेकाले गैर मंगोलमा समेत हामीप्रतिको आर्कषण देखेका छौ ।

आफ्नो अस्तित्व स्थावित गर्न सबै एकजुट भएर मंगोल नेशनल अर्गनाईजेशनको अभियानमा सहभागी हुन र वर्णभेदी नितिको खुलेर विरोध गर्न समेत पटकपटक गरिएका अभियानले समेत हामीलाई अहिले सहज भएको छ । मलाई र प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार दिपक पुन, क्षेत्र नं २ मा डिके चोचाङी पुन र समानुपातिक उम्मेदवार रन बहादुर फगामीलाई भाले चिन्हमा मतदान गरी विजय बनाउन समेत अपिल गर्छु ।

ओमराज मगर

प्रतिनिधिसभाका उम्मेदवार, मंगोल नेसनल अर्गनाइजेस