आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नभएकाले समानुपातिकतर्फ घरदैलो अभियानमा ब्यस्त छन् । निर्वाचनको मिति नजिकदैं जाँदा म्याग्दीमा ’लौरो’ चुनाव चिह्न लिएको राजनीतिक दल ‘हाम्रो नेपाली पार्टी’का उम्मेदवार सुस्मिता खत्रीले पश्चिम म्याग्दीका विभिन्न बस्तीमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य मतदाताको माझमा प्रदेशसभामा मत मागिरहनुभएको छ ।

दलिय संयन्त्रबाट आजित भएकालाई नयाँ पार्टी र स्वतन्त्र मतदातामार्फत आर्कषित गर्ने प्रयासमा हाम्रो पाटीले एक मत लौरो भन्दै अभियान सञ्चालन गरेको छ। ‘प्रदेशसभामा हाम्रो उपस्थिती आवश्यक छ,‘मतदाताले समानुपातिकतर्फ मत दिने प्रतिबद्धता जनाउनुभएको छ’ नयाँ र बैकल्पिक शक्तीलाई यसपटक म्याग्दीमा मत धेरै छ’ खत्रीले भन्नुभयो । म्याग्दीमा पुराना दलबाट आजित भएका र नयाँ शक्तीको चाहना भएका नयाँ मतदाता सहित शुभेच्छुकका साथ आफन्तबाट समेत मत पाउने खत्रीको विश्वास छ ।

स्वतन्त्र उम्मेदवारको रुपमा प्रचारप्रसार नभई पार्टीको चुनाव चिन्ह लिएर मैदानमा उत्रिएपछि विगतमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको चुनाव चिन्ह भएकाले अहिले प्रचारप्रसारमा सहज भएको छ । स्वच्छता र निष्पक्ष मतदान र एक मत लौरोलाई भन्दै घरदैलोमै पुगेर मत हाल्न समेत सिकाइरहेको उम्मेदवार खत्रीको भनाई छ । ‘हाम्रो नेपाली पार्टी’ले लौरो चुनाव चिह्न लिएपछि देशैभर प्रत्यक्षमा उम्मेदवर नबनाएको स्थानमा सामानुपातिकमा मत मागेको छ।

Leave a Reply