नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले जिल्लाको विकासका लागि अन्य पार्टीको तुलनामा धेरै काम गरेको छ । जिल्लाको शिक्षा, स्वास्थ्य, खोनपानी, यातायात, कृषि, पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य विकास गर्ने अठोट लिएर चुनावी मैदानमा उत्रिएकाले मतदाताको साथ र सहयोग रहेको छ ।

नेकपा एमाले केन्द्रिय कमिटीले सार्वजनिक गरेको घोषणापत्र र जिल्लामा सार्वजनिक गरेको प्रतिवद्धतापत्र अनुसार रहेर जनहितका काम गर्ने बाचा म्याग्देली जनतालाई गरेको छु ।

गठवन्धनले सरकार संचालन गरेको १८ महिना पुगिसक्दा पनि राष्ट्र र जनताको पक्षमा रहेर कुनैपनि काम गर्न नसकेको मात्र महंगी बढाउन बाहेक गठवन्धनको सरकारको कुनै उपलव्धी नभएको मतदाता एमालेप्रति आर्कषित छन् । समृद्ध म्याग्दी र सुखी म्याग्देली’को अभियानलाई पुरा गर्नका लागि म्याग्दीमा एमालेको विजयको विकल्प छैन् । देशमा एमालेको सरकार आवश्यक रहेको अहिलेको सरकारका गतिविधिले नै प्रष्ट भइसकेको छ ।

स्थानीय स्रोतसाधनको परिचालन गरी विकास गर्न र जिल्लामै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने एमाले प्रतिबद्धता रहेकाले विगत लामो समयदेखि म्याग्दी जिल्लामा राजनीति, शैक्षिकलगायत विभिन्न क्षेत्रको नेतृत्वमा रहेर जिल्लालाई नजिकबाट बुझेको छु ।

मैले अहिलेसम्म सामाजिक र राजनीतिक यात्राबाट म्याग्देली जनताको हितमै हुने गरी काम गरेकाले पनि सबै क्षेत्रबाट यसपटक सहयोग प्राप्त हुने छ । मेरो बाँकी जिवन पनि म्याग्देली जनताको सेवामै केन्द्रित गर्ने गरी अहिले जनताबाट चुनिएर संघीय संसदबाट म्याग्देली जनताको आवाज उठाउन मतदान गरिदिन म्याग्देलीलाई अपिल गर्छु ।

Leave a Reply