सामाजिक र मानवीय सेवामा सक्रिय गंगा जिसी फाउण्डेशनले करेन्ट लागेर गम्भीर घाईते भएका एक बालकको उपचारमा आर्थिक सहयोग गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दिच्याम घर भएका इश्वर छन्त्यालका ७ बर्षिय छोरा कृष्ण छन्त्यालको तल्लो दुखुमा करेन्ट लागेर थप उपचारका लागि १० हजार सहयोग गरिएको हो ।
फाउण्डेशनका अध्यक्ष नारायण जिसीले थप उपचारका लागि पोखरा र्लैजानुपर्ने भएकाले नगद १० हजार हस्तान्तरण गर्नुभएको छ । आर्थिक सहयोगसँग उपचारमा समेत सहज बनाउने प्रयास भइरहेको अध्यक्ष जिसीको भनाई छ ।

फाउण्डेशनले जिल्लामा विभिन्न सामाजिक कार्य गदैं आइरहेको छ ।फाउण्डेशनका अध्यक्ष जिसीले उपचारको क्रममा आर्थिक अभावले निधन भएकी बहिनी गंगा जिसीको सम्झनामा स्थापना गरेको संस्थामार्फत बाढीपहिरो पीडित, सुत्केरी, घाईतेको उपचारमा हेलिकप्टरको ब्यवस्था सहित विभिन्न राहत सहयोग गर्नुभएको छ । फाउण्डेशनमार्फत शिक्षा, स्वास्थ्य र सामाजिक कार्यलाई प्राथमिकता दिएर अगाडी बढ्ने जनाएको छ ।

Leave a Reply