आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रममा सहरका मतदाताले कम चासो देखाएका छन्। मतदाता शिक्षाका लागि खटिएका स्वयंमसेवकले टोल–टोलमा आयोजना गरिएको भेलामा कम संख्यामा अनुपस्थित र मतदाता शिक्षाका लागि घरदैलोम पुगेको अवस्थामा समेत समय अभाव लगायतका कारण देखाउने गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाइएकोमा शहरबजारमा चासो कम र ग्रामिण क्षेत्रमका मतदाता खेतबारीमा ब्यस्त भएकाले कार्यक्रमप्रति अनिच्छुक देखिएको पाइएको हो ।गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी भएको अवस्थामा समेत कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन् ।

मतदाता शिक्षाका लागि खटिएका सहजकर्ताले सार्वजनिक स्थानमा शिक्षा दिन सहज भएपनि टोलटोलमा कम सहभागिता स्टाफ नर्स चन्द्रप्रभा भण्डारीले बताईन् ।‘धेरैले आफुँलाई जानकारी भएको बताउनुहुन्छ,‘टोल–टोलमा पुगेर शिक्षा दिइरहेका छौ’ बानियाँले भनिन् । उनीजस्तै स्टाफ नर्स प्रियंका पौडेलले ज्येष्ठ नागरिकले चासो देखाउने गरेपनि यूवापुस्ताको रुची कम रहेको बताईन् ।

उनले घरदैलोमा समेत पुगेर मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायतका निर्वाचन प्रक्रियाको बारेमा मतदातालाई जानकारी दिने गरिएको छ । यता मतदाता शिक्षाको लागि छनोट भएका महिला स्वास्थ्य स्वंयसेविकालाई मतदाता शिक्षा सहजीकरण तालिम लिएर कार्यक्षेत्रमा खटिएको जिल्ला निर्वाचन अधिकृत भिमप्रसाद घिमिरेले बताए।

‘ग्रामिण क्षेत्रका मतदाता खेतबारीमा छन्,‘जहाँ सहज हुन्छ त्यही पुगेर शिक्षा दिन अनुरोध गरेका छौ’ घिमिरेले भने । उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन, साम्रागी उपलब्ध गराएको बताए ।बेनी नगरपालिका सहित पाँच गाउँपालिकामा रहेका ४५ वटै वडाका टोल–टोलमा सहजकर्ता पुगेको निर्वाचन अधिकृत घिमिरेको भनाई छ ।

उनले राजनीतिक दलमा उम्मेद्वारहरुले मत माग्न जाँदा मत हाल्ने तरिका सिकाउँदा मतदाता शिक्षा थप प्रभावकारी हुने बताए । निर्वाचनमा मतदाता बढाउने र बदर मत खस्ने प्रतिशत न्यूनीकरण गर्नमतदाता शिक्षा कार्यक्रमको समन्वय गर्न जिल्ला स्तरीय समिति, मतदाता शिक्षा समन्वय समिति (स्थानीय तहस्तर) र मतदाता शिक्षा संचालन समिति (वडा स्तर)को समिति समेत बनाइएको छ। मतदाता शिक्षामा खटिएकाले धेरै मतदातालाई चारवटा मतपत्र हुन्छ भन्ने नै जानकारी नभए मतदान प्रक्रियामै अलमल पर्ने देखिएको बताएका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मतदाता शिक्षामा कमजोरी भएकै म्याग्दीमा गएको बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४ हजार ७९९ अर्थात १.१६ प्रतिशत पूर्णरुपमा बदर मत बदर भयो ।मतदानमा सहभागी मतदाताले सबै उम्मेदवारलाई मत हाल्न नजान्दा ३२ हजार ३८१ मत अर्थात ७.७९ मतलाई समेत सतप्रतिशत सदर हुन नसकेको अभिलेखले देखाउँछ ।

Leave a Reply