प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र सम्बृद्धीका लागि परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहरुबीच सहकार्य भएको बताउनुभयो ।

आफ्नै बहुमत रहेको संसद दुई पटकसम्म विघटन गरेर जनमतको अपमान गर्ने, ओम्नी, ७० करोड जस्ता भ्रष्ट्राचारको काण्डमा मुछिएकालाई संरक्षण गर्ने, राष्ट्रिय मुद्दाहरुमा दोहोरो भूमिका खेल्ने ओलीबाट संविधान, देश र राष्ट्रियताको खतरा रहेकाले यसपालीको चुनावमा गठबन्धनका उमेद्वारलाई जिताउन आग्रह गरेका थिए ।

उनिहरुले निस्कोट, रुम र डाडागाउँ जोड्ने सडकलाई स्तरोन्नति गर्ने, अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिने, खानेपानी सुविधा विस्तार गर्ने, ढुङ्गाखानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नीति बनाउने, शिक्षा, स्वास्थ्यमा सुधार, कृषि, पर्यटन र जडिवुटीको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधि सभा सदस्यका उमेद्वार तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले बेलायतको सेवा र सुविधा छाडेर दुई पटक चुनाव हार्दा पनि म्याग्देलीको हक हित र विकासका लागि राजनीतिमा निरन्तर समर्पित भएको बताउनुभयो ।

“यहाँको समग्र विकासलाई तिब्रताका साथ अघि बढाउन पुलको काम गर्छु,” उहाँले भन्नुभयो “नीति निर्माण तहमा म्याग्देली जनताको आवाज र भावनाको प्रतिनिधित्व गराउछु ।” नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार रेशम जुग्जाली (सुविन)ले चुनावका लागि मात्र गाउँमा आएकाबाट विकास र जनताको समस्या समाधान नहुने भएकाले पाँच वर्ष खेर जान नदिनका लागि अपिल गर्नुभयो । “म २० वर्षदेखि यही भूगोलमा दुखको सेवक र सुखको साथी बनेर राजनीति गर्दै आएको छु । अझै बिसौ वर्ष मैले यही केही गर्नुछ ।

विगतमा विकास निर्माण सहित विभिन्न योजनामा संर्किण सोचका कारण जिल्लाको विकास हुन नसकेको गर्बुजाको आरोप थियो । आफ्नो अनुकुल र सिमित सुविधा र लाभका लागि काम गर्ने गरिएकै कारण जिल्लाको विकास नभएको भन्दै अव पाँचबर्षमा म्याग्दीको विकासमा नयाँ उचाई बनाउन गठबन्धनलाई अवसर दिन गर्बुजाले मतदातालाई अनुरोध गर्नुभएको छ।

जनाएको प्रतिवद्धता पुरा गरेरै छाड्छु,” उहाँले भन्नुभयो “बर्षौ काठमाडौमा बसेर चुनावमा भोट माग्नका लागि मात्र आएकाले तपाईहरुको समस्या र आवश्यकता बुझेर काम गर्छन भन्ने के ग्यारेन्टी छ ?” नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उमेद्वार रहनुभएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले देशैभर गठबन्धनप्रति जनलहर छाएकाले अब संघ र प्रदेशको सरकार पनि गठबन्धनकै बन्ने र जिल्लाका प्रतिनिधिहरु पनि गठबन्धन दलकै हुँदा विकासका योजना भित्र्याउन र कार्यान्वयनमा सहज हुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्रीप्रसाद रोकाले गठबन्धन कसिलो बनेकाले जित सुनिश्चित भएको बताउदै विपक्षीले फैलाएको भ्रममा नपर्न आग्रह गर्नुभयो ।

एमालेबाट म्याग्दीमा जितेका नेताहरु मन्त्री हुँदा समेत आफ्नो जिल्लाको लागि अपेक्षाकृत काम नगर्न नसकेको आरोप लगाउदै अब उनिहरुबाट म्याग्देलीले अपेक्षा गर्ने ठाउँ नरेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता पिपला बुढाथोकी, नेकपा एकिकृत समाजवादीका समानुपातिक उमेद्वार दुर्गा कार्कीले शान्ति प्रक्रीया, जनआन्दोलन, संविधान जारी र संघीयताको कार्यान्वयनमा सहकार्य गरेका राजनीतिक शक्तिहरुबीचको सहकार्यले राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका साथै शुसासन कायम हुने बताउनुभयो ।

Leave a Reply