धौलागिरि हिमालको आधार शिविरमा मरेका घोडा र खच्चडको थुप्रो नजिकै दुई जिवित घोडा छन् । आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेको अवस्था गएको असोज १७ गते हिउँले पुरिएर सँगै गएका ४५ घोडा खच्चड मरेका थिए । ३८ दिनदेखि आधार शिविरमा अलपत्र घोडाको उद्धार अहिलेसम्म हुन सकेको छैन् । भोकभोकै परेपछि आहाराको खोजीमा आसपासका क्षेत्रमा जाने, मरेका घोडाखच्चडलाई नै खाने गरेको त्यहाँ पुगेर फर्किएका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । 

खान नपाएर र चिसोले गर्दा मर्ने अवस्था छ । घोडालाई ल्याउने प्रयास गरिएपनि हिउँले भरिएकाले समस्या भएको छ । भोकभोकै रहेका घोडालाई आरोहणमा गएका आरोही र भरियासँग बाँकी रहेको खानेकुरा दिने गरेपनि प्रयाप्त नभएको बताइएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका-४,मा पर्ने विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमालमा थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका थिए ।

दशैंको दिन भिषण हिमपातले अलपत्र भरिया र पर्यटकलाई उद्धार गरिएपनि सामान लिएर गएका घोडाखच्चड अलपत्र परेपछि आहारको अभावमा केही भोकभोकै मरेर अहिले २ वटा बाँकी रहेको पर्यटन पदप्रर्दशकको भनाई छ । अलपत्र अवस्थामा रहेका घोडालाई उद्धार गर्न सम्बन्धित टेकिङ कम्पनीले समेत चासो देखाएको छैन ।

अहिले चुनावको चर्चा र चटारो चुलिँदो अवस्थामा मृत्युको पखाईमा रहेका घोडाको उद्धारमा भने कसैको चासो छैन् । पशु अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थार अधिकारकर्मीको नजरमा समेत धौलागिरी बेसक्याम्पको हिउँ र मरेका घोडाखच्चको थुप्रोमा उद्धारको पखाईमा रहेका जिवित घोडामा नजर पुग्न सकेको छैन् ।

 

Leave a Reply