आगामी मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ। निर्वाचन आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो।

यस्तो छ सूची:

-बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल,खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन दूध बोक्ने सवारी साधन।

-सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन।

-दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन।

-अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन।

-निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन।

-तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन।

-कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन।

-विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन।

-सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन।

-आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन।

(उक्त सवारी साधनहरू मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न पाइने छैन।)

Leave a Reply