गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । बागलुङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी ब्याडमिन्टन संघको तर्फबाट सहभागी सन्दिप अधिकारी र प्रवेश मगर प्रथम र भरत थापा र प्रवेश शर्माको जोडी उपविजेता भएको छ ।

बागलुङको रामरेखा ब्याडमिन्टन समाजले आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ३२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितियले क्रमश २० हजार, १० हजार नगत, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । म्याग्दीका ब्याडमिन्टनका खेलाडीले गण्डकी प्रदेश सहित राष्ट्रिय प्रतियोगितामा समेत उपाधी जित्ने गरेका छन् । सदरमुकाम बेनीको कवर्ड हल, बेनी सामुदायिक मावि र पश्चिम म्याग्दीको दरबाङमा नियमित खेल्ने खेलाडीहरु छन् ।

 

Leave a Reply