---Advertisement---

मंगोलको चुनावी अभियान तिब्र

On: November 12, 2022 10:39 PM
Follow Us:

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेशनले जिल्लाका विभिन्न स्थानमा चुनावी आमसभालाई तिब्रता दिएको छ।

चुनावी आमसभामा सम्बोधन गदै प्रतिनिधिसभाका उम्मेदवार ओमराज मगरलेआफ्नो अस्तित्व स्थापित गर्न सबै एकजुट भएर मंगोलको अभियानमा सहभागी हुन र वर्णभेदी नितिलाई सच्चाउन समेत मतदान गर्न मतदातालाई अपिल गर्नुभएको छ।

चुनावी अभियानमा मंगोलका गतिविधिका बारेमा जानकारी सहित मतदातालाई मतदानका लागि अपिल गरिएको प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार एवम् जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो।मंगोलले जिल्लाका सबै स्थानीय तहमा चुनावी आमसभा सहित घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिनिधिसभाका उम्मेदवार ओमराज मगर, प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार दिपक पुन र समानुपातिक उम्मेदवार रन बहादुर फगामी सहितको टोलीको सहभागीता रहेकोछ ।