---Advertisement---

३९ दिनदेखि अलपत्र घोडाको उद्धारका लागि एनिमल नेपालको चासो

On: November 13, 2022 12:26 PM
Follow Us:

धौलागिरि हिमालको आधार शिविरमा विगत ३९ दिनदेखिअलपत्र अवस्थामा रहेका घोडाको उद्धारका लागि एनिमल नेपाल नामक संस्थाले चासो देखाएको छ । बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि सो संस्थाले उद्धारका लागि सम्बन्धित निकाय तथा स्थानीयस्तमा रहेका ब्यक्तिहरुसँग समन्वय गरेको संस्थाकी सञ्चार अधिकृत राधा गुरुङले बताईन् ।

‘घोडाको उद्धारका लागि हामीले पहल सुरु गरेका छौ,‘डुवानीका लागि प्रयोग हुने घोडालाई टेकिङ एजेन्सीमार्फत नै उद्धार हुनपर्छ, हामीले मन्त्रालयसँग समेत समन्वय गछौं’ अधिकृत गुरुङले भनिन् ।उनले उच्च हिमाली क्षेत्रसम्म यसरी घोडा र खच्चडलाई प्रयोग गरी ढुवानीमा प्रयोग गर्न नपाइने समेत बताईन् ।

आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेको अवस्था गएको असोज १७ गते हिउँले पुरिएर सँगै गएका ४५ घोडा खच्चड मरेका थिए । ३८ दिनदेखि आधार शिविरमा अलपत्र घोडाको उद्धार अहिलेसम्म हुन सकेको छैन् । भोकभोकै परेपछि आहाराको खोजीमा आसपासका क्षेत्रमा जाने, मरेका घोडाखच्चडलाई नै खाने गरेको अवस्थामा भिडियो समेत सार्वजनकि भएको थियो।

भोकभोकै रहेका घोडालाई आरोहणमा गएका आरोही र भरियासँग बाँकी रहेको खानेकुरा दिने गरेपनि प्रयाप्त नभएको बताइएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४,मा पर्ने विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमालमा थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका थिए । दुवै टे«किङ एजेन्सीले क्षर्तीपूर्ती र जिवितको उद्धारमा चासो देखाएको छैन् । जिवित घोडालाई अलपत्र छोडेको र मरेको क्षर्तीपूर्ती सहितका कार्यहरुमा बेवास्ता गरेकाले कानुनी उपचारको समेत तयारी भइरहेको छ।