वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारले पाँचबर्षको अवधिमा म्याग्दी जिल्लाको विकास निर्माणको क्षेत्रमा कायापलट गर्न सकिने उद्घोष गरेका छन् । चुनावी आमसभा अन्तरगत आइतबार आयोजित आमसभामा विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि पहुँचको अभावका कारण म्याग्दी जिल्ला धेरै पछाडी परेकाले अब जवरजस्त बिकासको लहर ल्याउनुपर्ने बताएका थिए ।

बेनी नगरपालिका वडा नं १० पात्लेखेत, वाखेत, रघुगंगा गाउँपालिकाको झिँ र पाखापानीमा भएको सभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका सदस्यका उम्मेदवार खमबहादुर गर्बुजाले म्याग्दीको विकासका लागि अफूलाई एकपटक अवसर दिन जनतामाझ अनुरोध गर्नुभयो ।

‘जनताको विश्वास र भरोसालाई सधैं सिरमा राखेर पाँचबर्षमा मतदातले भन्न सक्ने काम गर्नेछु,‘जनताका अति आवश्यकता समाधान नगरे अर्कोपटक भोट माग्न आउँदैनौ‘ गर्बुजाले भन्नुभयो । चुनावी आमसभामा प्रदेससभा क्षेत्र नं १ का गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका जिल्ला नेता हरी भण्डारीले गठबन्धनले विजय भएपछि नयाँ आयाममा विकासका मोडेलहरूलाई अगाडि सार्ने बताउनुभयो ।

‘तपाईहरुको मत खेर जान दिन्नौं, एकपटक, यसैपटक अवसर दिनुहोस्’ उम्मेदवार भण्डारीले भन्नुभयो । आमसभामा पूर्व योजना आयोगका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार डा. मिनबहादुर श्रेष्ठले म्याग्दीमा अहिले सडक सहितका पूर्वाधार नै प्रमुख आवश्यकता भएको बताउनुभयो ।

‘मैले योजना आयोगमा काम गर्ने अवसर पाउँदा म्याग्दीका ठूला सडकलाई गति दिए,‘तपाईहरुलाई मैले बोलेको पूरा गरेर देखाएको छु, अहिले सडक कालोपत्रे भई सहज आवतजावत भएको छ’ डा. श्रेष्ठले भन्नुभयो । उहाँले पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडक जस्तै बेनी–पाखापानी सडक सहित जिल्लाका महत्वपूर्ण सडकलाई पाँचबर्षभित्र कालोपत्र गर्न सकिने बताउनुभयो ।

नेपाली काँग्रेसका प्रदेशसभामा समानुपातिक उमेद्वार विमला गौचनले जिल्लामा अपेक्षित विकास नहुनुमा केन्द्रमा पहुँचको अभाव र विगतमा निर्वाचित जनप्रतिनिधिहरुको बेवास्ता नै प्रमुख कारण भएको बताउनुभयो। यसैबीच प्रदेशसभा क्षेत्र नं २ को विभिन्न स्थानमा चुनावी आमसभा भएको छ ।

प्रदेशसभा उम्मेदवार एवम् नेकपा माओवादी केन्द्रका संयोजक रेशम जुग्जाली (सुविन)ले म्याग्दीको विकास नहुनुको जिम्मेवारी २०४८ पछिका दुई वटा बाहेक अहिलेसम्मका सबै संसदीय निर्वाचन जितेको एमालेले लिनुपर्ने भन्दै अव पाँचबर्ष गठबन्धनबाट जितेका उम्मेदवारले पश्चिम म्याग्दीको विकासलाई नयाँ उचाईमा पुर्याउने बताउनुभयो । गठबन्धनले चुनावी सभा सहित घरदैलो र भेटघाटलाई समेत तिब्रता दिएका छन् ।

Adv

Leave a Reply