---Advertisement---

मोना जापानको क्षेत्रीय कार्यसमिति क्युस्युको अध्यक्षमा दिपक विक

On: November 13, 2022 11:16 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको दोस्रो अधिवेशनबाट दिपक बिकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। क्युस्यु क्षेत्रमा रहेका म्याग्देलीको साझा संस्थाको रुपमा स्थापित मोनाको क्षत्रीय समितिको उपसंयोजकमा सोफिया घर्ती र रमेश रिजाल, सचिव मञ्जु चोखाल, सह सचिव शिव बिक र नवीन मगर, कोषाध्यक्षमा बिजी बानियाँ, सहकोषाध्यक्ष संदेश हमाल रहनुभएको छ।

त्यसैगरी सदस्यहरुमा सन्दिप चोखाल, सन्दिप खत्री, अन्जान खत्री, निकेश पुन, ज्ञान बहादुर छन्त्याल, सुनिल बिक र तीकेश छन्त्याल रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युका निर्वतमान संयोजक उज्ज्वल बानियाँले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष विकले आफ्नो कार्यक्षेत्र भित्र रहेका म्याग्देलीका हितमा विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । उहाँले विद्यार्थीको समस्या समाधान सहित म्याग्देलीको एकता र सहकार्यमा निरन्तर सक्रिय हुने बताउनुभयो ।

Adv