जन्म दिनको अवसरमा फजुल खर्च कम गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्ने चलन पछिल्लो समय बढ्दै जान थालेको छ । सोमवार म्याग्दीको बेनी नगरपालिका–९ काफलबोटका रियान्स राईको जन्मदिनको अवसरमा  विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

काफलबोट घर भई हाल रघुगंगा गाउँपालिका –८ कुइने स्थित कुईने आधारभुत विद्यालयमा अध्यापनरत शिक्षक बुवा रेशम राई र आमा भगवति राईको छोरा रियान्स राई दुई बर्ष पुगेको अवसरमा काफलबोट बाहुनपधेरा अवस्थित भूमे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सो सामग्री सहयोग प्रदान गरिएको हो ।विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ४५ जना विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल गरि तीन हजार पाँच सय बराबरको शैक्षिक सामग्री वितरण गरिएको रियान्सका बुवा रेशम राईले जानकारी दिनुभयो ।

Exif_JPEG_420

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द रिजाल, शिक्षक अभिभावक संघका अध्यक्ष मनु नेपाली, विद्यालयका प्रधानाध्यापक दल बहादुर दर्जी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा विद्यालयका विद्यार्थीहरुले रियान्सलाई जन्मदिनको शुभकामना प्रकट गरेका थिए । बाबुको जन्मदिनको अवसरमा महत्वपूर्ण सहयोग गरेकोमा विद्यालयले राई परिवारलाई आभार समेत प्रकट गरेको छ ।

Leave a Reply