मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (क) अन्तरगत अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी, ५ नम्बर वडा फलाटे, स्वाँत लगायतका स्थानमा मंगलवार चुनावी सभा सम्पन्न गरेका छन् ।

चुनावी सभाहरुलाई सम्बोधन गर्दै गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का नेता हरी भण्डारीले अन्नपूर्ण गाउँपालिकालाई पर्यटनको हब बनाउँदै यहाँको कला संस्कृतिको संरक्षण र पर्यटन पूर्वाधार संगै सडकलाई स्तरीय बनाउन भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले अलपत्र अवस्थामा पुगेको पोखरेबगर–चित्रे–घोरेपानी सडकलाई पूर्णता दिन र यस क्षेत्रमा रहेको पर्यटनको सम्भावनासंगै संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । ‘‘ राजनीतिलाई प्रयोग गरेर लाभ लिन हामी आएका होइनौँ, समाजमा राजनीति मार्फत जनताको सेवा गर्न र विकास मार्फत समाजलाई परिवर्तन गराउन यस पटक चुनाबी मैदानमा उत्रिएको हुँ, प्रदेशसभामा पुग्ने अवसर आएमा गाउँलाई विकास मार्फत शहर र युवाहरुलाई स्वरोजगार मार्फत आत्मनिर्भर बनाउने मेरो प्रमुख भूमिका रहन्छ’’–युवा नेता भण्डारीले भन्नुभयो ।

सभामा नेकपा माओवादीका प्रदेश कमिटीका सदस्य एवम निवर्तमान गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, माओवादीका प्रदेश समानुपातिक उम्मेदवार बागविर पाईजा, नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र क का सभापति ओम छन्त्याल, उपसभापति सुजन बरुवाल, अन्नपूर्ण गाउँपालिका समितिका सभापति कृष्णप्रसाद बरुवाल लगायतले विकास र समृद्धिको साथै स्थानीय समस्याको समाधान र युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बन्ने वातावरण तयार गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन अपिल गर्नुभएको थियो ।

Leave a Reply