आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा आगामी मंसिरको ६ गतेदेखि नियमित हुने भएको छ । निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमन लगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि मंसिर १ र २ गते सेवास्थगित गरिएको हो।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले नागरिकता, नावालक, राष्ट्रिय परिचय पत्र, राहदानी, पेन्सन लगायतका सेवाहरू मंसिर ६ गतेदेखि नियमित हुने बताए । ‘अब निर्वाचन सकिएपछि सेवा नियमित हुन्छ,‘सबै कर्मचारीहरु खटिने भएकाले अन्य कार्यालयमा समेत सेवाप्रवाह नियमित हुदैन’ प्रजिअ रानाले भने।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा मंसिर ३, ४ र ५ गते सार्वजनिक विदा भएकाले नियमित सेवा ६ गतेदेखि मात्रै हुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयसँगै जिल्लाभित्रका प्रदेश, संघ र स्थानीय तह मातहतका कार्यालयहरूको सेवा समेत बन्द गरिने छ । कार्यालयमा कार्यरत कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाइएपछि कार्यालय सुनसान जस्तै छ ।

 

Leave a Reply