निर्वाचनको मिति नजजिकिएसँगै म्याग्दीमा मदिरा विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अवधिभर मदिरा विक्री वितरण र सेवनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाद्धारा जारी सन्देशमा विक्री वितरणमा रोक लगाउने र सेवनमा समेत कडाई गर्ने जनाइएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादित रुपमा सम्पन्न गर्न मदिरा विक्री वितरण र सेवनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा निर्वाचनको अवधिमा मदिरा सेवन तथा बिक्री अत्याधिक हुने गरेको छ । निर्वाचनको मत प्रभावित गर्न दल तथा उम्मेदवारले मदिरा सहित आर्थिक प्रलोभन र वितरण गर्ने गरेको सूचनाको आधारमा प्रहरी र प्रशासनले कडाई गरेको जनाइएको छ ।

Leave a Reply