आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको आधारमा २३ जनाले प्रहरीमा हतियार बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंसिर ४ गते सम्पन्न हुने निर्वाचनलाई भयरहीत र निष्पक्ष बनाउन सबै बैध तथा अबैध हतियार संकलन गर्ने क्रममा हालसम्म २३ जनाले जिल्ला प्रहरी कार्यालय मातहतका निकायमा बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताउनुभयो ।

जिल्लाबाट अनुमति लिएकाले जिल्ला बाहिर समेत प्रहरीलाई बुझाएको हुनसक्ने भएकाले यकिन संख्या प्राप्त नभएको प्रशासनले जनाएको छ । प्रशासनबाट व्यक्तिगत सुरक्षाका लागि झण्डै ८० जनाले बन्दुक लगायत विभिन्न प्रकृतिका हतियार राख्ने अनुमती लिएका छन् । अनुमति लिएका अधिकांश संग टुभेल्वर बन्दुक छ ।

हतियारको आडमा कतिपयले मतदातालाई त्रसीत र आतंकीत बनाई स्वतन्त्र रुपमा मताधिकार प्रयोग गर्नबाट बञ्चित गर्न सक्ने भएकाले निर्वाचनको मिति घोषणा गरेपछि संकलन गर्न निर्देशन दिने गरिएपनि अटेर गर्ने गरेको पाइएको छ । म्याग्दीको ग्रामिण क्षेत्रमा बैध र अवैध हतियार निर्वाचनको सुरक्षा चुनौतीको रुपमा लिने गरिन्छ ।

Leave a Reply