पर्वतको जलजला गाउँपालिका-३, भुर्तुलाको भिरमुनीमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट मल्लाज जादै गरेको ग१ज ५२९६ नंको बोलेरो जीपका चालक जलजला–२ का ३० बर्षिय डम्बर बहादुर नेपालीको मृत्यु भएको हो । उकालोमा बे्रक फेल हुदाँ अनियन्त्रित भएपछि सडकबाट करिब डेढसय मिटर तल खसेको थियो । तस्वीर सौजन्य विपिन बानियाँ

Leave a Reply