विद्यालयका साथीहरूसँगै बनभोज खाने सामान लिन म्याग्दीको सदरमुकाम बेनी आएको थिए । बोलेरोमा मान्छे धेरै भएपछि सिट बाहेक पनि बसेर गाउँ फर्किदै थियौं । ट्याक्टर आएपछि चालक अलमलमा परेजस्तै गर्नुभयो ।पर्वतबेनीबाट उकालो लागेपछि दुईपटक बोलेरो स्टार्ट बन्द भएको थियो ।

चालक बाहेक जिपमा १२–१३ जना थिए। सिट नपुगेपछि छतमा र अन्य स्थानमा बसेर समेत जादै गरेको अवस्थामा एक्कासी उकालोमा स्टार्ट बन्द भएर बोलेरो पछाडी आयो ।ब्रेक नै लागेजस्तो लागेको थिए। केही बेरमै अनियन्त्रित भएपछि सडक छोडेर तल खस्यो । केही साथीहरु हाम फाल्नुभयो । म एकपटक गुल्टिएपछि उता पुगे । केही तल नै जानुभयो ।

अब बाँचिदैन भन्ने लागेको थियो । मैले सडकबाट खसेपछि होस नै पाइँन । खसेपछि खुट्टा र हातमा चोट लागेको रहेछ । जीपभरी मानिस थिए । मैले पैसा लिनुपर्ने भएकाले बागलुङबाट आएको थिए । चालकले विस्तारै लगेका थिए । बाटो पनि बिग्रिएको अवस्थामा भएपनि चालकले उकालोमा जीप बन्द भएपछि पछाडी आयो । हामी बाहिर थियौं थाहा भएन ।

उकालोमा रोक्न्न नसक्दा दुर्घटना भयो । अनियन्त्रित भएर तल खस्यो, रुख नजिकै पुगेर अड्कियो । उनले यति ठूलो दुर्घटनामा परेर बाचेपछि नयाँ जिवन पाएजस्तै लागेको बताए । जीप दुर्घटनामा परेपछि सबै चिच्चाए, केहीबेरमा उद्धारका लागि आएर हामीलाई अस्पतालमा लगे । पर्वतको जलजला गाउँपालिका–३, भुर्तुलाको भिरमुनीमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । पर्वतको जलजला–२ का अजित परियार र बागलुङका नविन बर्देवसँगको कुराकानी

Leave a Reply