मंसिर ४ गते हुन लागेको बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरी भण्डारीको जन्म २०४१ साल जेठ २७ मा भएको हो । साविकको भगवती गाविस हालको रघुगंगा गाउँपालिका–२ सिजलगाउँमा जन्मनुभएका भण्डारी राजनीति संगसंगै सामाजिक अभियान्ता र सफल युवा व्यवसायिको रुपमा परिचित हुनुहुन्छ ।

बुबा हर्क बहादुर र आमा तुल्की भण्डारीको जेठो सन्तानको रुपमा जन्मनुभएका हरी भण्डारी नामकै पर्याबाचि समाजका पीरमर्कामा साथ, सहयोग र सहकार्य गर्ने स्वभावले भपरिपूर्ण उहाँमा दृढ आत्मविश्वास, समाज रुपान्तरण र परिवर्तनको अथाह संकल्प देखिन्छ ।

२०६४ सालमा माओवादीको युवा संगठन वाईसियलमा संगठीत हुनुभएका भण्डारी तत्कालिन भगवती गाविसमा वाईसियलको अध्यक्षबाट पूर्णकालिन राजनीतिमा होमिदै पार्टीको वडा कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै हाल रघुगंगा गाउँपालिका कमिटीको अध्यक्ष पदमा रहेर राजनीतिमा सक्रिय हुनुहुन्छ ।

जन्मगाउँको न्यु जेनेरेशन युवा क्लबको अध्यक्ष र क्षत्री समाजको तत्कालिन गाविस अध्यक्ष भएर समेत काम गर्नुभएका भण्डारी म्याग्दी जेसीज र लायन्स क्लबमा आबद्ध भएर युवा शसक्तिकरण, सामाजिक जागरण र समाजसेवाको कार्यमा समेत सक्रिय हुनुहुन्छ । पार्टी राजनीति र सामाजिक कार्यमा सक्रिय रहनुभएका भण्डारी यतिबेला गण्डकी प्रदेश सभा सदस्य पदको उम्मेदवार बनेर चुनाबी मैदानमा हुनुहुन्छ ।

आफ्नो जिवनलाई संघर्षमय र समाज रुपान्तरणमा लगाउनुभएका भण्डारी २०६१ सालमा वैदेशिक रोजगारीको शिलसिलामा कतार पुग्नुभएको थियो । आकर्षक तलब सुविधा हुँदाहुँदै पनि १ बर्ष ९ महिनामै स्वदेश फर्किएर भण्डारीले स्वदेशकै माटोमा पसिना बगाउने अठोट लिएर सार्वजनिक यातायात व्यवसायिको क्षेत्रमा आफुलाई आबद्ध गराउनुभएको थियो । सुरुवातमा बस र जिप चालकको रुपमा यातायात व्यवसायिको क्षेत्रमा प्रवेश गर्नुभएका भण्डारी अहिले सवारी साधनहरु मर्मत सुधार गर्ने अटो व्यवसायमा आबद्ध हुनुहुन्छ ।

म्याग्दी उद्योग बाणिज्य संघको सदस्य समेत रहनुभएका भण्डारी अहिले आफु मात्रै आत्मनिर्भर र स्वरोजगार बन्नुभएको छैन, उहाँले सञ्चालन गर्नुभएको व्यवसायबाट ३० जनाबढीलाई प्रत्येक्ष रोजगारी समेत दिन सफल हुनुभएको छ । विकासमा पछि परेको म्याग्दीलाई भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रमा सुधार र विकासको अनुभूति दिलाउनुको साथै युवाहरुलाई ज्ञान, शिप मार्फत स्वदेशमै उत्पादनमा जोड्दै समाजको दिगो विकास र आर्थिक समृद्धिलाई भण्डारीले मुख्य एजेण्डा बनाउनुभएको छ ।

विकास, समृद्धि र सुशासनका लागि युवाहरुलाई नेतृत्वको अवसर दिनुपर्ने आवाज उठीरहेको सन्दर्भमा बाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रबाट युवा जोस, जाँगर संगै समाजको जिम्मेवारीलाई कुसलतापूर्वक वहन गर्न सक्ने हरी भण्डारीलाई उम्मेदवार बनाएपछि म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र कका मतदाताहरु भण्डारीको उम्मेतवारीप्रति उत्साहित बनेका छन् । कुनैपनि पदमा रहँदा होस या नरहँदा म्याग्दीका जनताको दुखसुखमा साथि र सेवक बनेर काम गर्नुभएका भण्डारीले यहाँको पर्यटन विकास लगायतका क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिनुभएको छ ।

जिल्लामा रहेको कृषि, पशुपालन, पर्यटन, जलविद्यूत, जडिबुटी खेती लगायतको सम्भावनाहरुको उजागर गर्दै जिल्लामा विकासका पूर्वाधारहरको निर्माणलार्य तिब्रता दिँदै ठूला र गौरवका आयोजनाहरु भित्र्याएर आम नागरिकको जिवनस्तरमा सुधार ल्याउने उम्मेदवार हरी भण्डारीको संकल्प रहेको छ । प्रदेशसभामा रहेर जनताका जनजिविकालाई सहज बनाउने, आर्थिक सामाजिक रुपान्तरण संगै सम्रग जिल्ला र प्रदेशको समृद्धिमा टेवा पु¥याउने नीति र कानुन निर्माणमा सक्रिय भूमिका खेल्न प्रतिबद्धता बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले जनाउनुभएको छ ।

Leave a Reply