????????????????????????????????????

म्याग्दीमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ चुनावी मैदानमा छन्।चुनावी प्रचार–प्रसारको अन्तिम समयमा उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित चुनावी सभामा ब्यस्त गर्बूजाले दोस्रो संविधानसभा, गएको प्रतिनिधिसभामा बलियो मत प्राप्त गरेपनि पराजित भए । यसपटक विगतका पराजयको यात्रालाई ब्रेक लगाउँदै जनताबाटै अनुमोदित हुने तयारीमा छन्।

एउटा निर्वाचनमा पराजित भएपछि विस्थापित हुने आँकलन गरेका म्याग्देलीले दुईपटकसम्म पराजित हुदाँ समेत म्याग्दीमै बसेर सक्रिय राजनीतिमा देख्न पाएका छन् । यही मङ्सिर ४ गते हुने निर्वाचनको कार्यक्रम अन्तर्गत उत्तरी म्याग्दीका विभिन्न वडामा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका गर्बूजासँग निर्वाचन र उम्मेदवारी किन ? भन्ने बारेमा गरिएको कुराकानी ः

चुनाव प्रचारप्रसारलाई तीव्र पार्नुभएको छ । मतदाताको प्रतिकृयाचाहिँ कस्तो पाउनुभएको छ ?
धन्यवाद, आज चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीको विभिन्न बस्तीमा छु ।यसपटक जिल्लाभर मेरो निकै राम्रो माहोल छ । मतदाता निकै उत्साहित र सक्रिय हुनुहुन्छ ।

पहिलोपटक मतदान गर्ने मतदातादेखि बृद्धबृद्धासम्मले मलाई बिजयको शुभकामना र आर्शीवाद दिनुभएको छ । सबै वडा, बस्तीको चुनावी सभा तथा घरदैलोमा पुग्दा मतदाताको साथ र सहयोगले निकै उत्साहित छु । एउटा बेग्लै लहर देखेर यसपटक फराकिलो मतान्तरले चुनाव जित्दैछु । दैनिकजसो जिल्लाभरबाट मलाई आइरहेको सूचनाले यसपटक म्याग्देली जनताको बिकासको तिर्खा मेट्न संघीय संसदमा पुग्ने निश्चित जस्तै छ ।

????????????????????????????????????

दुईपटक लगातार निर्वाचनमा पराजित भएपनि पुनः मैदानमा हुनुहुन्छ ? मतदाताको प्रतिक्रिया के पाउन्ुभएको छ?
बि.स २०५६ सालदेखि म्याग्दीको राजनीतिमा सक्रिय छु । जनताको विश्वास र भरोसालाई सधैं सिरमा राखेर निर्वाचनमा पराजित भएपनि विकास निर्माणका योजना सहित जिल्लाबासीसँगै काम गरेको छु । विगतमा निर्वाचनमा पराजित भएपनि जिल्लादेखि प्रदेश र संघीय सरकारमा म्याग्देली जनताका आवश्यकता र समस्याको पोको बोकेर पुगेको छु ।

दुईवटा निर्वाचनमा पराजय भोगेपनि जनजीवनसँग जोडिएका पक्षलाई समेटेर विभिन्न काम गरेको म्याग्देली जनतालाई जानकारी छ । एकदशक यता जनताको बीचमा गएर गरेका कामहरुले नै गर्दा अहिले मतदाताबाट निकै सकारात्मक प्रतिक्रिया पाएको छु । राजनीति र जनताको सेवाका लागि दुईपटक पराजित भएपनि पुनः चुनावी मैदानमै भएकाले यसपटक अन्याय गर्नुहुदैन भन्ने धेरैको भनाई छ । यसपटक म्याग्दीमा विकासका मोडेलहरूलाई अगाडि सार्ने सक्ने, जनताको बिचमा आएर काम गर्ने व्यक्तिका पक्षमा भोट दिनुपर्छ भन्ने नै छ ।

तपाईले जित्ने प्रमुख आधार के हो ?
विगत ३ दशकदेखि म्याग्दीबाट नेकपा एमालेले लगातार प्रतिनिधित्वि गरेको छ । यसअगाडी २०५६ सालमा कांग्रेसका नारायणसिंह पुन र २०६४ मा माओवादीका गोविन्द पौडेलले यहाँबाट चुनाव जिते बाहेक २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभा जितेको एमालेले चुनाव जितेको छ । एउटै पार्टीले लगातार चुनाव जित्दा समेत म्याग्दी विकास निर्माण सहित सम्रग क्षेत्रमा धेरै पछाडी छ ।

????????????????????????????????????

चुनावमा जितेकाहरूले विकास निर्मााण्का योजनामा जनतालाई पक्षपात गरेको म्याग्देलीलाई राम्रोसँग थाहा छ । जिल्लाभरबाट मत प्राप्त गर्ने तर निकट र पहुँचका आधारका विकास निर्माणलाई प्राथमिकता दिने गरिएकाले दुर्गम क्षेत्रको विकास हुन सकेको छैन् । जिल्लाभरबाट प्राप्त मतको अहिलेसम्म सम्मान हुन सकेको छैन् । अभावै अभावमा रहेका म्याग्देलीको विकासको तिर्खा मेट्न चाहना अनुसार हरेक पाँचबर्षमा हुने निर्वाचनमा जितेर गएकाहरू फर्किएर आएका छैनन् भन्ने गुनासो पनि एउटा जितको आधार हो ।

अहिले मलाई संविधानको रक्षामा भूमिका खेल्ने राजनीतिक दलहरूको साथ र सहयोग समेत छ । गत स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारले प्राप्त गरेको मात निकै अगाडी छ ।अहिलेसम्म चुनावमा चिल्ला नारा लगाएर भोट मागेजस्तो अहिलेको अवस्था छैन् । अब कुरालाई मात्रै म्याग्देली जनताले पत्याउनेवाला छैनन् ।जनता परिणाम खोज्नेका छन् । मैले यो चुनावी अभियानको क्रममा मतदातालाई सक्ने र पाँचबर्षभित्र पूरा हुने बाचालाई प्राथमिकतामा राखेको छु ।

विपक्षीले गठबन्धन कमजोर छ, जित्ने आधार छैन भन्ने आरोप लगाएका छन्, यसमा तपाईको प्रतिक्रिया के छ ?
मैले चुनावी अभियानमा विपक्षीलाई धेरै आरोप लगाएको छैन्, उहाँहरूले बि.स २०४६ सालदेखि म्याग्दीबाट प्रतिनिधित्व गरेर कति विकास गर्नुभयो, जनताको आवश्यकता पूरा गर्न, विकास निर्माणका क्षेत्रमा ठूला आयोजना ल्याउन के कस्तो भूमिका खेल्नुभयो भन्ने म्याग्देली जनतालाई राम्रोसँग थाहा छ । गठबन्धनलाई कमजोर भन्नेहरूले नै इतिहासमा दुईवटक संंसद विघटन गरे ।जनताको मत लिएर गएकाहरु संसद विघटन भएको सन्देश लिएर आए । त्यही संसद आन्दोलन र अदालतले पुर्नस्थापना गरेपछि बाँकी भत्ता लिन पुगे ।

हामीलाई कमजोर भन्नेहरुलाई मेरो २०७० र २०७४ सालमा नेकपा माओवादीको मतले जितेका एमालेका उम्मेदवारको मतान्तर हेरे पुग्छ ।तेस्रोपटक संसदीय चुनावी मैदानमा प्रवेश गर्दा मलाई अहिले माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतको साथ छ । संविधानको रक्षामा संघर्ष गरेका दलहरूलाई संविधान मास्ने, जनताको भावना विपरित काम गर्नेहरूले लगाउने आरोपको कुनै औचित्य छैन् । गठबन्धनले यसपटक तीनवटै सिट सहजै जित्दै छ ।

तपाईले केही भएन भन्नहुन्छ तर विपक्षीले त जिल्लामा विकासको लहर ल्याएको दावी गरेका छन् त ?
म्याग्दी जिल्लाका विकासको लहर ल्याएको दावी गर्नेहरूलाई निर्वाचन जितेपछि एकपटक पनि नपुगेको बस्तीमा पुगेर जनतासँग शीर ठाडो बनाएर बोल्न अनुरोध गर्छु । म्याग्दीसँग सिमाना जोडिएका छिमेकी जिल्लाको विकास निर्माणमा भइरहेको प्रगतिलाई नजिकबाट हेर्नुहोस् ।

त्यहाँ र म्याग्दी बिचको तुलना गर्दा विकासमा म्याग्दी अगाडी वा पछाडी आफै सहजै महसुस गर्न सकिन्छ । नियमित बजेट, सांसद विकास कोष बाहेक अन्य बजेटबाट निर्वाचित सांसदले ल्याएको एउटा मात्रै ठूलो आयोजनाको नाम दिन चुनौती दिन्छु । बेनी–दरबाङ सडकखण्डको बेनीदेखि सिम सम्मको कालोपत्रे तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको पहल र सक्रियतामा भएको हो । त्यस बाहेक अन्य ठूला योजना म्याग्दीमा आएको छैन्। बषौं अगाडीका योजनाहरुमा बजेट आएको छ, नयाँमा बजेट ल्याउन पहुँच पुगेको छैन् । मैले आलोचना गरेको होईन बास्तविकता नै यही छ । मैले सुविधाका लागि संसदमा प्रतिनिधित्वको औचित्य देख्दैन् ।

संसदबाट सुविधा त तपाई विजय भएपनि लिनुहुन्छ होला नी ?
नियम अनुसारको सुविधा लिन्छु । मैले यसअगाडी पनि निर्वाचनका भनेको थिए मैले संसदबाट लिने सुविधा र विभिन्न माध्यमबाट संकलन गरी म्याग्दी जिल्लाको विपद्मा परेकाको उद्धार र राहतका लागि एउटा बेग्लै अक्षय कोष बनाउँछु । म्याग्दी बाढीपहिरो र अन्य विपद्को हिसावले निकै जोखिम भएकाले यहाँ नियमित आउने राहतले मात्रै नपुग्ने भएकाले राहत तथा अन्य कार्यका लागि कोषको आवश्यकता पर्छ । करिब १० करोडको विपद् कोष बनाएर म्याग्देली जनताको हितमा विभिन्न किसिमले काम गर्नेपर्ने छ ।

यो मेरो जिवनको एउटा लक्ष्य पनि हो । म्याग्देली जनतालाई बाढीपहिरोबाट विस्थापित हुदाँ यसअगाडी मैले विभिन्न माध्यमबाट सहयोग जुटाएर सहयोग गरेको थिए । समस्यामा परेकालाई ब्यक्तिगत रुपमा सहयोग गरेपनि अव भने संस्थागत रुपमै जितेपछिको सुविधालाई समेत थपेर कोषमार्फत जनताको सेवा गर्नेछु । अर्को कुरा मैले दैनिक प्रशासनीक काम गर्न आउने जनतालाई सहज हुने गरी जनताको सेवा भन्ने एउटा सचिवालय समेत बनाएर सेवा गर्नेछु । यो कुनै आश्वासन होईन । मैले जितेपछि तत्कालै लागु हुने योजना हो ।

विपक्षीलाई चुनौती दिने तपाईको विकासको एजेण्डा के छ त ?
सर्वप्रथम, जनताको न्यूनतम आवश्यकता भित्र पर्ने सडक, खानेपानी, विद्युतीकरण, स्वास्थ्य, शिक्षाको क्षेत्रमा रहेको समस्या समाधान गर्नेछु । पाँचबर्षको अवधिमा म्याग्दी जिल्लाको विकास निर्माणको क्षेत्रमा कायापलट गर्ने गरी भौतिक पूर्वाधार विकास र सुदृढीकरण गरिन्छ । संघीय संसद्मा प्रतिनिधित्व गर्दा म्याग्देली जनताको जनअपेक्षाहरूलाई प्राथमिकतामा राखेर काम गर्नेछु ।

अब म्याग्दी जिल्लाको विकासमा अहिलेसम्म गरेका र पाँचबर्षभित्र हुने कामको तुलना मतदाताले नै गर्न सक्ने गरी जिल्ला गुणात्मक विकासको चरणमा प्रवेश हुने गरी काम गर्नेछु । अर्कोतर्फ आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा वृद्धि गर्ने, आयआर्जनको नयाँ कामहरू सुरु गर्ने, बेरोजगारी र गरिबिको अन्त्य गर्न अनुदान तथा योजनाहरुमा समेत प्राथमिकता दिने छु । बैदेशिक रोजगारीतर्फ आर्कषित रहेका म्यग्देली यूवालाई उत्पादनसँग जोड्न नयाँ रोजगारीको सिर्जना गर्दै गरिबी अन्त्यका लगायतका योजनाहरुमा समेत काम गर्नेछु ।

समाजलाई सवल र सक्षम बनाउन सामाजिक सद्भावसहित महिलामाथि हुने विभेद र हिंसा अन्त्य गर्ने, दलितहरूमाथि भएको विभेदहरू, बालबालिकाहरू, वृद्धवृद्धाहरुको हक अधिकार संरक्षण गर्ने लगायतका काम गरिन्छ ।नेकपा एमालेले जिल्लाका विभिन्न सभामा सत्ता गठबन्धनमा खटपट छ, धेरै टिक्दैन भन्दै आरोप लगाउने गरेको छ,

तपाईको यसमा के छ भनाई ?
निकै राम्रो प्रश्न गर्नुभयो । यो सत्ता गठबन्धनलाई लगाउने आरोप मात्रै हो । यो गठबन्धन मात्रै होईन् ५ बर्षमा जनताको आवश्यकतालाई पूरा गर्न बनेको एउटा टिम हो । चुनाव प्रचार–प्रसार सहितका अभियानमा हामीबिचको एकता र सहकार्यले मतदाता ढुक्क हुनुहुन्छ ।

अबको ५ बर्ष खेर नफाल्ने, जनताको आवश्यकता अनुसार काम गर्ने मतदाताको समर्थन प्राप्त गठबन्धन भएकाले हल्लाहरू मत चोर्ने रणनीति मात्रै हो । केन्द्रदेखि जिल्लासम्म मत कसरी चोर्न सकिन्छ भन्नेहरूले हल्ला गदैंमा गठबन्धन कमजोर हुदैन् ।

जिल्लाभित्र विभिन्न संघसंस्थाका निर्वाचन, विकास निर्माण सहितका गतिविधि लगायतमा यसअगाडी बाम गठबन्धन हुदाँ समेत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिचको एकता र सहकार्य थियो । पाँच दलीय गठबन्धन बिच सुमधुर सम्बन्ध छ । कांग्रेस माओवादी मिलेर संयुक्त रूपमा चुनाव परिचालन संयन्त्र बनेको छ ।

निर्वाचन परिचालन संयन्त्रको नेतृत्व कांग्रेसले गरेको छ भने अन्य विभिन्न समितिको नेकपा माओवादी सहितका दललले गरेका छन् गठबन्धन व्यवहारिक र सैद्धान्तिक रूपले टोड्न नसक्ने गरी कसिएको छ । मंसिर४ गतेको निर्वाचनपछिको मत परिणामबाट यो कसरी पुष्टि हुन्छ

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
बेलायती सेनाबाट सेवानिवृत्त भएपछि राजनीतिमा सक्रीय हुदाँ म्याग्देली जनताले धेरै मायाँ गर्नुभएको छ । २ वटा चुनावमा पराजित भएपनि विचलित नभएर राजनीतिमा निरन्तरता दिएको छु । मैले विकास निर्माणमा म्याग्देली जनताले सम्झन सक्ने गरी काम गर्ने सभाहरुमा गरेको प्रतिबद्धताहरु पुरा गर्नेछु ।

विगतमा जनताले दिएको मतलाई सम्मान गरेको छु तर पनि विचलित भएको छैन । अब संसदमा गएर म्याग्दीलाई सम्झन लायकको विकास गर्ने गरी काम गर्छु । एकपटक म्याग्दीमा गठबन्धनका तीनै जनालाई बिजय गराई दिनुहुन सम्पूर्ण म्याग्दीबासीलाई हार्दिक अपिल गर्दछु ।

Leave a Reply