राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका सम्पूर्ण चुनावी कार्यक्रमको समापन गरेको छ । नेपालको बैकल्पिक शक्ती बन्ने संकेत देखाएको पार्टीले म्याग्दी जिल्लाका सबै स्थानीय तह तथा गाउँबस्तीमा पुगेर घरदैलो कार्यक्रम गरी चुनावी अभियान सम्पन्न गरेको पार्टीकी जिल्ला सचिव कल्पना कल्पना खत्रीले बताउनुभयो ।

बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपुर्ण गाउँपालिकामा घरदैलो र भेटघाट सहितको चुनावी अभियान सकिएको सचिव खत्रीले बताउनुभयो । ‘यसपटक हाम्रो पार्टीको राम्रो मत आउँछ,‘निर्वाचन लगत्तै अर्को स्थानीय र संघीय चुनावका लागि अव तयारीमा जुट्छौ’ सचिव खत्रीले भन्नुभयो ।

पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. हरी केसीले नयाँ मतदाताको मत प्राप्त हुने र अन्य दलहरुबाट समेत आजित भएका मतदाताको मत आफ्नो चुनाव चिह्न घन्टीमा आउने बताउनुभयो ।

बेनी नगरपालिका सहित जिल्लाका विभिन्न स्थानीय तहमा चुनावी अभियानको क्रममा उम्मेदवार केसी ले चुनाव चिह्न घन्टी बजाउँदै चुनावी प्रचारले मतदाता समेत उत्साहित भएको बताउनुभयो । ‘‘हामी राजनीति गर्न होइन, बदल्न आएका हौँ भन्ने मतदातालाई पनि जानकारी छ’ डा. केसीले भन्नुभयो ।

उहाँले देशभर घण्टीको लहरले म्याग्दीलाई समेत छोएको बताउनुभयो । बेनीअनलाइनसँगको कुराकानीमा डा. केसीले अव म्याग्दी जिल्लामा नियमित पार्टीको गतिविधि सहितका कार्यहरु गर्ने बताउनुभयो । ‘जनताको सेवामा अहोरात्र खटिन्छौडा. केसीले भन्नुभयो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले म्याग्दीमा दुईदशकदेखि मतदातालाई अलमलमा पार्ने, निर्वाचन जित्न अनावश्यक र मिठा सपना बाँड्ने र निर्वाचनपछि मतदातालाई फर्किएर नहेर्न गरेको भन्दै ग्रामिण क्षेत्रमा समेत मतदाता आफुँहरुप्रति आर्कषित रहेको डा. केसीको भनाई छ । उहाँले मतदाताले नयाँ अनुहार खोजिरहेको अवस्थामा स्वतन्त्र पार्टीमा नयाँ मतदाताको आर्कषण रहेको बतउानुभयो ।

 

Leave a Reply